१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १८ मंगलबार
  • Thursday, 04 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असार १८ मंगलबार o६:o८:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

गाडी स्टार्टमै छाडेर चालक पहिरो हेर्न जाँदा दुर्घटना, सातजनाको मृत्यु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असार १८ मंगलबार o६:o८:oo

जिप स्टार्टमै छाडेर चालक पहिरो हेर्न जाँदा भएको दुर्घटनामा रोल्पामा एउटै पालिकाका ६ सहित सातजनाको मृत्यु भएको छ । आठजना घाइते भएका छन् । 

माडी गाउँपालिका– २ घर्तीगाउँबाट वडा नम्बर ४ तालाबाङतर्फ जाँदै गरेको लु.१ज ३२५२ नम्बरको जिप सोमबार साँझ ६ बजेतिर परेवा छहरामा सडकबाट चार सय मिटर तल खसेको हो ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक भरत लामाका अनुसार पाँचजनाको घटनास्थलमै र दुईजनाको रेउघा जिल्ला अस्पतालमा ज्यान गएको छ । माडी गाउँपालिका– ३ तालाबाङकी ३३ वर्षीया जुनमाया खड्का, ७७ वर्षीय खड्कबहादुर डाँगी, सोही गाउँपालिका दाबाङकी ३० वर्षीया अमृता घर्ती र अमृताकी १८ महिनाकी छोरीको ज्यान गएको छ ।

त्यस्तै, परिवर्तन गाउँपालिका– २ राङ्सीकी ३३ वर्षीया रामकली पुनको पनि घटनास्थलमै ज्यान गएको छ । माडी गाउँपालिका– ३ दाबाङका ७० वर्षीय झुपलाल डाँगी र पहिचान नखुलेका अर्का एक व्यक्तिको रेउघा अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।

रेउघामा उपचाररत घाइते खगेन्द्र बाँठाले जिप स्टार्टमै रोकेर चालक अगाडि पहिरो हेर्न जाँदा ब्याक भएर भीरबाट खसेको बताए । ‘अगाडि बाटोमा पहिरो देखेपछि चालक जिप स्टार्टमै छाडेर हेर्न गए, हामी जिपभित्रै थियौं ।

एकैछिनमा गाडी विस्तारै ब्याक हुन थाल्यो । तत्कालै चालक दौडिँदै आई जिपमा चढेर ब्रेक लगाउन खोजे । तर, जिपको पछाडिको चक्काले सडक छाडिसकेकाले रोकिएन । म हामफालेर बाँचें, जीप भिरमा बजारिँदै खस्यो,’ तालाबाङका उनले भने । 

रोल्पाकै परिवर्तन गाउँपालिका– २ नाफेका ४५ वर्षीय चालक दिपक थापा पनि घाइते छन् । उनीसहित माडी– २, घर्तीगाउँका हिटलर खड्कालाई थप उपचारका लागि जिल्ला अस्पतालबाट बुटवल रिफर गरिएको छ । 

घाइते खगेन्द्र बाँठा भन्छन्–अगाडि बाटोमा पहिरो देखेपछि चालक जिप स्टार्टमै छाडेर हेर्न गए, हामी जिपभित्रै थियौँ । एकैछिनमा गाडी बिस्तारै ब्याक हुन थाल्यो । तत्कालै चालक दौडिँदै आई जिपमा चढेर ब्रेक लगाउन खोजे । तर, जिपको पछाडिको चक्काले सडक छाडिसकेकाले रोकिएन । म हामफालेर बाँचेँ, जिप भिरमा बजारिँदै खस्यो ।

ad
ad
ad
ad