१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २० बिहीबार
  • Saturday, 06 July, 2024
२o८१ असार २० बिहीबार o९:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

जंगली च्याउ खाँदा सातजना बिरामी, एकको अवस्था गम्भीर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार २० बिहीबार o९:१५:oo

मकवानपुरमा जंगली  च्याउ खाएर सातजना बिरामी परेका छन् । बिरामीमध्ये एकजनाको अवस्था गम्भीर रहेको मकवानपुर प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार जंगलबाट ल्याएको च्याउ पकाएर खाँदा मकवानपुरको भीमफेदी गाउँपालिका– ६ उर्लाघारीस्थित एकैघरका सातजना बिरामी परेका हुन् । 

बिरामी हुनेमा ६५ वर्षकी मंगलीमाया स्याङ्तान, उनका ३२ वर्षीय छोरा बुद्धिबहादुर स्याङ्तान, बुद्धिबहादुरकी श्रीमती ३० वर्षीया पासाङमाया स्याङ्तान र उनीहरूका सात वर्षीय छोला लासाङ स्याङ्तान रहेका छन् । लासाङको अवस्था गम्भीर रहेको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।

यस्तै, बुद्धिबहादुरको दाइ बुद्ध स्याङ्तानका छोरीहरू १९ वर्षीया लक्ष्मीमाया स्याङ्तान, १५ वर्षीया पार्वती स्याङ्तान र सात वर्षीया आरती स्याङ्तान रहेका छन् । बिरामीमध्ये दुईजनाको हेटौँडा अस्पताल र पाँचजनाको चितवनस्थित सरकारी अस्पताल भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार मंगलीमाया र लक्ष्मीमायाको हेटौँडा अस्पताल र बुद्धिबहादुर, पासाङ, लसाङ, पार्वती र आरतीकाे उपचार चितवनस्थित सरकारी अस्पताल भरतपुर अस्पतालमा भइरहेको हो । पछिल्लो दुई साताको समयमा मकवानपुरमा जंगलबाट ल्याएको च्याउ पकाएर खाँदा तीनजनाको ज्यान गएको छ । यस्तै, जंगली  च्याउको सेवनबाट करिब ३० जना बिरामी परेका छन् ।

ad
ad
ad
ad