Skip This
सुतेकै अवस्थामा अचेत भेटिएका इन्सपेक्टर उमेश थापाको मृत्यु 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २२ शनिबार
  • Saturday, 05 October, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असार २२ शनिबार ११:३५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सुतेकै अवस्थामा अचेत भेटिएका इन्सपेक्टर उमेश थापाको मृत्यु 

इन्सपेक्टर थापा एमाले अध्यक्ष ओलीको सुरक्षामा खटिँदै आएका थिए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असार २२ शनिबार ११:३५:oo

हृदयाघातका कारण मृत्यु भएको आशंका

सुतेकै अवस्थामा अचेत भेटिएका सशस्त्र प्रहरी बलका इन्सपेक्टर ४२ वर्षिय उमेश थापाको मृत्यु भएको छ । भक्तपुरको गुन्डुस्थित आफ्नै घरमा थापा अचेत भेटिएपछि परिवारले अस्पताल लगेको थियो । प्रहरीका अनुसार भक्तपुर अस्पताल लैजाँदा उनको मृत्यु भइसकेको थियो । 

इन्सपेक्टर थापा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सुरक्षामा खटिँदै आएका थिए । उनको हृदयाघातका कारण मृत्यु भएको आशंका गरिएको छ । शवको पोष्टमार्टम गरी मृत्युको बारेमा अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।