Skip This
दाउन्नेको सडक फेरि भासियो, यातायात अवरुद्ध
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १८ शुक्रबार
  • Saturday, 05 October, 2024
२o८१ असोज १८ शुक्रबार १९:५८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दाउन्नेको सडक फेरि भासियो, यातायात अवरुद्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज १८ शुक्रबार १९:५८:oo

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्ड फेरि अवरुद्ध भएको छ। 
नवलपरासीको बर्दघाट नगरपालिका– ४ मा पर्ने दाउन्नेको खुर्सानी खोलामा भासिएपछि सडक फेरि पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। 

यसअघि १४ असोजमा भासिएको सडक १५ गते रातभरि मर्मत गरिएको थियो। सडक शुक्रबार पनि सोही ठाउँमा भासिएर साँझ पौने ८ बजेदेखि पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक रेमश बोहोराले जानकारी दिए।  

उनका अनुसार २० फिट लम्बाइ र ५ फिट गहिराइमा सडक भासिएको छ। पटक–पटक सडक भासिँदा दसैँ मान्न घर फर्कँदै गरेका यात्रु मर्कामा परेका छन्। प्रहरीले सडक मर्मत गरी खुलाउने प्रयास गरिरहेको जनाएको छ।