१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १८ शुक्रबार
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज १८ शुक्रबार १८:५२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हनी ट्रयापिङ गिरोहसँग मिलेको आरोपमा इन्स्पेक्टर शाहीलाई गृह मन्त्रालयले गर्‍याे निलम्बन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज १८ शुक्रबार १८:५२:oo

हनी ट्रयापिङ गिरोहसँग मिलेर पैसा असुलेको आरोपमा छानबिनमा रहेकी इन्स्पेक्टर बिनुकुमारी शाहीलाई गृह मन्त्रालयले निलम्बन गरेको छ। 

प्रहरी प्रधान कार्यालयको सिफारिसका आधारमा शुक्रबार मन्त्रालयले निलम्बन गरेको हो । 

प्रहरी प्रभाग भैँसेपाटीको प्रमुख रहँदा उनले गत ७ असोजमा एक व्यवसायीलाई पक्राउ गरेकी थिइन्। बलात्कार मुद्दामा फसाइदिने भन्दै बार्गेनिङ गरेर ३० लाख रुपैयाँ लेनदेन गरी छाडिएको प्रारम्भिक छानबिनमा खुलेपछि उनलाई त्यहाँबाट हटाएर निलम्बन सिफारिस भएको थियो। 

घटनामा संलग्न तीनजनालाई जिल्ला प्रहरी परिसर, ललितपुरले थुनामा राखी अनुसन्धान गरिरहेको छ। प्रहरीको भूमिकाबारे डिएसपी नरहरि अधिकारीको नेतृत्वमा छानबिन भइरहेको छ। 

छानबिन प्रतिवेदनका आधारमा इन्स्पेक्टरलाई प्रतिवादी बनाउने–नबनाउने तय हुने ललितपुर परिसरले जनाएको छ।