काठमाडौं/ बंगालको खाडीबाट विकसित भएको अर्नब चक्रवातका कारण भारतको आन्ध्र प्रदेश प्रभावित भएको छ। आन्ध्र प्रदेशमा तीनजनाको मृत्यु भएको र ८० हजार हेक्टर जमिनमा लगाइएको खेती नष्ट भएको भारतीय मिडियाले जनाएका छन्।
भारतको मौसम विज्ञान विभागका अनुसार सो चक्रवात बुधबार राति ओडिसा पुग्नेछ। सो चक्रवात कमजोर हुँदै गएको पनि विभागले जनाएको छ। चक्रवातको असरमा नेपालमा भने बिहीबार बेलुकादेखि शनिबारसम्म देखिने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । नेपालको सबैजसो जिल्लामा वर्षाको आकलन गरिएको छ।