जातीय छुवाछुत नियन्त्रण र महिला तथा बालबालिकाको संरक्षणमा जोड

बुधबार, ११ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौ‌ं । महिला, बालबालिका तथा सामाजिक सुरक्षामन्त्री सीता बादी र नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीबिच जातीय भेदभाव तथा छुवाछुत अन्त्य, महिला तथा बालबालिकामाथिको हिंसा नियन्त्रण र सीमान्तकृत समुदायको न्यायमा पहुँच बढाउने विषयमा छलफल भएको छ।

मन्त्रालयमा भएको भेटवार्तामा जातीय विभेदका घटनामा प्रभावकारी अनुसन्धान तथा कानुनी कारबाही, पीडितको संरक्षण, प्रहरीको दलित सहायता कक्षलाई सक्रिय बनाउने र महिला तथा बालबालिका सेवा केन्द्रलाई प्रभावकारी बनाउने विषयमा जोड दिइएको थियो।

त्यस्तै, बालबालिकाको बेचबिखन तथा ओसारपसार नियन्त्रण, जोखिममा रहेका समुदायको अधिकार संरक्षण र मन्त्रालय तथा प्रहरीबिच समन्वय सुदृढ गर्ने विषयमा पनि छलफल भएको छ।

सुझावित समाचार