बर्दिया । बर्दियाका पत्रकारहरूले सामूहिक गिरफ्तारीको माग गर्दै जिल्ला प्रशासन कार्यालयअगाडि धर्ना दिएका छन्। नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दियाको आयोजनामा पत्रकारहरूले विभिन्न माग राख्दै र्यालीसहित जिल्ला प्रशासन कार्यालयअगाडि धर्ना दिएका हुन्।
‘मिडिया हाउसको गेटमा गाडी तेर्स्याएर हडताल बन्द गर’, ‘मिडियामा धरपकड बन्द गर’, ‘पत्रकारलाई गिरफ्तार गर’, ‘लोककल्याणकारी विज्ञापनको काटिएको रकम फिर्ता गर’, ‘श्रमजीवी पत्रकारलाई निकाल्न बन्द गर’ र ‘मिडियामाथिको आर्थिक नाकाबन्दी बन्द गर’लगायतका नारा लेखिएका प्लेकार्डसहित पत्रकारहरूद्वारा शान्तिपूर्ण प्रदर्शन गरिएको हो।
पत्रकारमाथि भइरहेको धरपकड, मिडिया हाउसमा अवरोध, श्रमजीवी पत्रकारलाई निष्कासन तथा लोककल्याणकारी विज्ञापनको रकम कटौतीलगायतका विषयप्रति विरोध जनाउँदै सामूहिक गिरफ्तारीको माग गरिएको नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दियाले जनाएको छ।