२० हजार घुससहित पक्राउ परेका हुलाकका नासु रिजालविरुद्ध मुद्दा दायर

बुधबार, ९ मंसिर, २०८३
डिजिटल संस्करण

काठमाडौं । गोश्वारा हुलाक कार्यालय, पार्सल शाखा, डिल्लीबजारमा कार्यरत नायव सुब्बा छविप्रसाद रिजालविरुद्ध २० हजार रुपैयाँ घुस लिएको अभियोगमा विशेष अदालतमा आरोपपत्र दायर भएको छ।

कुरियरमार्फत विदेशमा सामान पठाउँदा सेवाग्राहीसँग बार्गेनिङ गरी घुस लिएको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बुधबार मुद्दा दायर गरेको हो। पद तथा ओहाेदाको दुरुपयोग गरी आपसी मिलेमतोमा भ्रष्टाचार गरेको उजुरीपछि अख्तियारले गत माघमा रिजाललगायतका व्यक्तिहरूलाई पक्राउ गरेको थियो।

उनीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१)बमोजिमको कसुरमा अख्तियारले मुद्दा दायर गरेको हो।

सुझावित समाचार