दानबहादुरको रिटमा बहस सकियो, आदेशको तयारी

बुधबार, ९ मंसिर, २०८३
डिजिटल संस्करण

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षकबाट हटाइएका दानबहादुर कार्कीले दायर गरेको रिटमा बहस सकिएको छ। दुवै पक्षको बहसपछि सर्वाेच्च अदालतले आदेशको तयारी गरिरहेको छ। 

न्यायाधीशहरू नृपध्वज निरौला र श्रीकान्त पौडेलको इजलासमा रिटमाथि सुनुवाइ भएको हो। सुरुमा सरकारी पक्ष र पछि कार्कीका कानुन व्यवसायीले बहस गरेका थिए। 

गत १८ कात्तिकमा सरकारले कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गरी डा. मनोजकुमार केसीलाई महानिरीक्षकमा नियुक्त गरेको थियो। सो निर्णयले आफूलाई अन्याय भएको भन्दै कार्कीले २० कात्तिकमा रिट दर्ता गराएका थिए। 

सुझावित समाचार