Skip This
बाढीपहिरोपछिकाे कुलेखानी-सिस्नेरी सडकखण्ड (फोटोफिचर)
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १८ शुक्रबार
  • Saturday, 05 October, 2024
२o८१ असोज १८ शुक्रबार १३:२९:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

बाढीपहिरोपछिकाे कुलेखानी-सिस्नेरी सडकखण्ड (फोटोफिचर)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज १८ शुक्रबार १३:२९:oo

गत ११ र १२ असोजमा परेको अविरल वर्षाले मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा सबैभन्दा क्षति पुर्‍याएको छ । दुई दिनको वर्षाले इन्द्रसरोवर गाउँपालिका भएर प्रदेश राजधानी हेटौँडालाई संघीय राजाधानी काठमाडौंसँग जोड्ने छोटो दूरीका दुईवटा सडक खण्डहरू कुलेखानी–फाखेल–हुँमाने–भञ्ज्याङ र कुलेखानी–सिस्नेरी–छैमले–दक्षिणकाली खण्ड छतविक्षत् बनाएको छ ।

दुवै सडकखण्डका विभिन्न स्थानमा बाढी र पहिरोले पुल र बाटोमा नराम्रोसँग असर पुर्‍याएको छ भने सिस्नेरीमा रहेको डोडारे बजार पूर्ण रूपमा ध्वस्त भएको छ। सिस्नेरी खोलाले त्यहाँका करिब ३० घर पूर्ण रूपमा बगाएको छ ।

अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण तत्काल कुलेखानी–फाखेल–हुँमाने भञ्ज्याङ र कुलेखानी–सिस्नेरी क्षेत्रमा कसैको पनि पहुँच पुग्न सकेको थिएन भने ती सडकखण्डकाे केही स्थानमा खसेका पहिरो पन्छाएपछि आसपासका क्षेत्रबाट हिँडेर त्यहाँ पुग्न सकिने भएको छ । तर, अझै  पनि सदरमुकाम हेटौँडातर्फबाट फाखेल र सिस्नेरी पुग्न सक्ने अवस्था छैन ।

लगातार तीन दिनको प्रयासपछि अहिले काठमाडौंतर्फबाट सिस्नेरी डोढारेसम्म सडक सञ्चालन भएको छ भने कुलेखानीदेखि सिस्नेरीसम्मको सडक सञ्चालन गर्न समय लाग्ने देखिन्छ। कुलेखानी ड्यामको मुनि रहेको सिमखोलामाथिको पुलको दुवैतर्फको पहुँचमार्ग बाढीले भत्काएको छ। यस्तै उक्त सडकखण्डअन्तर्गत ज्यामिरेमा डेढ– दुई सय र सिस्नेरीमा करिब चार सय मिटर सडक बाढीले बगाएको छ।

तस्बिर सौजन्य : आशिष अस्लामी मगर