Skip This
बर्तौलाको मुक्तकसंग्रह ‘उज्यालाेका बाछिटा’को रेलमा विमोचन
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १८ शुक्रबार
  • Saturday, 05 October, 2024
२o८१ असोज १८ शुक्रबार २२:१९:oo
Read Time : < 1 मिनेट
साहित्य डिजिटल संस्करण

बर्तौलाको मुक्तकसंग्रह ‘उज्यालाेका बाछिटा’को रेलमा विमोचन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज १८ शुक्रबार २२:१९:oo

मकवानपुरे साहित्यकार डिबी बर्तौलाको मुक्तकसंग्रह ‘उज्यालेका बाछिटा’को रेलमा विमोचन गरिएको छ। साहित्यिक यात्राका लागि भारत भ्रमणमा रहेका मकवानपुरे साहित्यकारहरूका बिच बर्तौलाको मुक्तकसंग्रहको रेलमा विमोचन गरिएको हो।

मुक्तककार बर्तौलाले छिमेकी मुलुक भारत भ्रमणका क्रममा सत्याग्रह एक्सप्रेसमा मुक्तकसंग्रहको विमोचन गरिएको जानकारी दिए। गत १२ असोजमा विमोचनको तयारी गरिएको भए पनि अविरल वर्षासँगै बागमती र कोशी प्रदेशमा ठुलो जनधनको क्षति भएपछि स्थगित गरिएको थियो।

मुक्तकसंग्रहको रेलयात्राका क्रममा मकवानपुरका अग्रज साहित्यकार रमेशमोहन अधिकारी, हयग्रिव आचार्यलगायतले विमोचन गरेका हुन्। उक्त अवसरमा साहित्यकार मिथिला अधिकारी, माधव पोखरेल, राजबाबु पहाडी, विष्णुप्रसाद गौतम, बाराका साहित्यकार अप्सरा पुडासैनीलगायतले बर्तौलाको मुक्तकसंग्रह ‘उज्यालेका बाछिटा’मा संग्रहित मुक्तकहरू वाचन गरेका थिए।

साहित्यकार हयग्रिव आचार्यले मुक्तकसंग्रहमाथि समीक्षात्मक टिप्पणी गरेका थिए। उनले बर्तौलाका मुक्तकले देशको राजनीतिक अवस्था, सामाजिक परिवेशलगायतका विविध विधामा तिखो व्यंग्यका साथै सन्देशसमेत प्रवाह गर्न खोजेको बताए। उनले रेलमै कृति विमोचन गर्नु नौलो र फरक अभ्यास भएको बताए।

साहित्य संगम मकवानपुरका अध्यक्ष एवं मुक्तक मञ्च मकवानपुरका संस्थापक अध्यक्षसमेत रहेका बर्तौलाको मुक्तकसंग्रहमा ९२ वटा मुक्तक संग्रहित छन्।