Skip This
सेवाग्राहीलाई होटेलमा लगेर प्रहरी हवल्दारद्वारा बलात्कार प्रयास 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १८ शुक्रबार
  • Saturday, 05 October, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असोज १८ शुक्रबार o९:३o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सेवाग्राहीलाई होटेलमा लगेर प्रहरी हवल्दारद्वारा बलात्कार प्रयास 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज १८ शुक्रबार o९:३o:oo

न्याय खोज्दै प्रहरी कार्यालयमा पुगेकी एक महिलामाथि प्रहरीबाटै बलात्कार प्रयास भएको छ । चोरीसम्बन्धी उजुरी लिएर प्रहरीमा पुगेकी महिलालाई चोर पक्राउ गर्ने आश्वासन दिएर प्रहरी वृत्त सोह्रखुट्टेमा कार्यरत अनिलकुमार दाहालले बलात्कार प्रयास गरेका हुन् ।

आरोपी दाहाल बुधबार पुर्पक्षका लागि कारागार चलान भएका छन् । आफ्नो डेरामा चोरी भएपछि ती महिला गत २० भदौमा स्वयम्भू वृत्तमा पुगेकी थिइन् । स्वयम्भू वृत्तले सोह्रखुट्टे वृत्त पठाएको थियो ।

वृत्तमा उनको भेट हवल्दार दाहालसँग भएकोमा उनले चोरलाई पक्राउ गर्ने आश्वासन दिई नजिकिएका थिए । २९ भदौमा हवल्दार दाहालले ती महिलालाई फोन गरी चोर पक्राउ परेको भन्दै ठमेलमा भेट्न आउन बोलाए ।

महिलाले आफू आउन नसक्ने भन्दा पनि उनले निकै कर गरे । पठाओमा आउन आग्रह गर्दै भाडासमेत आफैँ तिरिदिए । त्यहाँ उनले ड्रंकेन इन होटेलमा लगेर बलात्कार प्रयास गरेको र आफू भागेको पीडितको जाहेरीमा उल्लेख छ ।

लगत्तै प्रहरीले हवल्दारलाई नियन्त्रणमा लिएर मुद्दा चलाएको हो । काठमाडौंका जिल्ला न्यायाधीश पीताम्बर शर्माको इजलासले उनलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको छ ।