Skip This
उपलब्ध स्रोतसाधनको अधिकतम प्रयोग गरी खटिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन 
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ३१ मंगलबार
  • Tuesday, 16 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ ३१ मंगलबार २२:२३:oo
Read Time : < 1 मिनेट
समाचार

उपलब्ध स्रोतसाधनको अधिकतम प्रयोग गरी खटिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ ३१ मंगलबार २२:२३:oo

गृहमन्त्री ओमप्रकाश अर्यालले उपलब्ध स्रोतसाधनको अधितकम प्रयोग गरी शान्तिसुरक्षामा खटिन प्रहरीलाई निर्देशन दिएका छन। मंगलबार आन्दोलनकारीले जलाएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र प्रहरी वृत्त गौशालाको निरीक्षणपछि उनले विषम परिस्थितिमा शान्तिसुरक्षाको पुनर्स्थापनमा उच्च मनोबलका साथ खटिन भनेका हुन्। 

स्रोतसाधनका लागि मन्त्रालयले तत्कालै पहल गर्ने उनको आश्वासन छ। 

अहिलेको अवस्थामा फरार कैदीहरूलाई पक्राउ गर्नु प्रहरीको दायित्व भएकाले त्यसमा लाग्न उनको जोड छ। कैदीहरूलाई उपस्थित हुन सूचना जारी गरिने र त्यसभित्र नआएमा पक्राउ अभियान चाल्न उनले निर्देशन दिएका छन्। 

सरकारको दायित्व निष्पक्ष र भयरहित चुनाव गराउनु भएकाले त्यसको तयारीमा लाग्न पनि उनले भनेका छन्।