Skip This
एसिया रग्बी सेभेन्स पहिलो दिन एक खेलमा मात्र नेपालको जित
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १९ शनिबार
  • Saturday, 05 October, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असोज १९ शनिबार o७:१९:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

एसिया रग्बी सेभेन्स पहिलो दिन एक खेलमा मात्र नेपालको जित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज १९ शनिबार o७:१९:oo

नेपाली राष्ट्रिय महिला टोलीले शुक्रबार एसिया रग्बी सेभेन्स ट्रफीमा एक जित निकालेको छ । लगातार दुई खेलमा पराजित महिला टोलीले तेस्रो खेलमा उज्वेकिस्तानलाई १२–७ ले पाखा लगाउँदै समूह चरणमा पहिलो जित हात पारेको हो । समग्रमा नेपालको पुरुष तथा महिला टोलीले पहिलो दिन पाँच खेल खेल्दा एक जित निकालेको हो । 

महिलातर्फको समूह ‘ए’मा नेपाल फिलिपिन्स र ग्वामसँग पराजित भएको थियो । दुई हारमा महिला टोली ‘बाउल’ विधामा प्रवेश गरेको छ । दशरथ रंगशालामा पुरुष टोलीले आआफ्नो समूह चरणका दुई खेल गुमायो । नेपाल र बहराइनलाई हराएको उज्वेकिस्तान पुरुषतर्फको समूह ‘बी’को विजेता बन्दै अर्को चरणमा प्रवेश गरेको छ । राउन्ड अफ आठमा बहराइनले फिलिपिन्सको सामना गर्नेछ । उज्वेकिस्तानको भेट जोर्डनसँग हुनेछ । 

प्रतियोगितामा आयोजक नेपाल, फिलिपिन्स, बहराइन, काजकिस्तान, अफगानिस्तान, उज्वेकिस्तान, पाकिस्तान, भारत, कतार, साउदी अरेबिया, जोर्डन, बंगलादेश, चाइनिज ताइपेई र श्रीलंका छन् । महिलातर्फ नेपाल, फिलिपिन्स, भारत, ग्वाम, श्रीलंका, इरान, उज्वेकिस्तान र इन्डोनेसियाले भाग लिइरहेका छन् । 

खराब प्रदर्शन 
घरेलु मैदानमा नेपालका पुरुष र महिला टोलीले सुरुका खेलमा फितलो प्रदर्शन गरेका थिए । दुवै टोलीले लगातार समान दुई खेल गुमाए । पुरुषतर्फको पहिलो खेलमा नेपाल उज्वेकिस्तानसँग २४–० को एकपक्षीय स्कोरमा पराजित भयो । नेपालका रग्बी खेलाडीले पहिलो खेलमा विपक्षीविरुद्ध एक स्कोरसमेत गर्न सकेनन् । तुलनात्मक रूपमा उज्वेकिस्तानभन्दा बहराइन सहज प्रतिद्वन्द्वी पाउँदा नेपाल जितविहीन भयो । दोस्रो खेलमा नेपाली पुरुष टोली बहराइनसँग २७–७ ले पाखा लाग्यो । नेपाल रग्बी संघ र एसिया रग्बीको आयोजनामा भएको प्रतियोगितामा नेपालको महिला टोली फिलिपिन्ससँग ३२–० को स्कोरमा पराजित भएको थियो । यसअघि पहिलो खेलमा ग्वामले नेपाललाई १७–७ को स्कोरमा हरायो । 

कमजोर रणनीति
रग्बी संघले प्रतियोगिताका लागि ५७ दिनको विशेष प्रशिक्षण राखेको थियो । संघले शीर्ष पाँच स्थान प्राप्तिको लक्ष्य राखेको छ । तर, पहिलो दिनको खेल नतिजापछि नेपाल आफ्नो लक्ष्यभन्दा टाढा देखिन्छ । पुरुषतर्फको प्रतिस्पर्धामा नेपालका खेलाडी विपक्षीभन्दा कमजोर देखिएका थिए । शरीरिक र रणनीति हिसाबका रूपमा पनि घरेलु खेलाडी दुवै पक्षमा असफल भए । नेपालका औसत उचाइका खेलाडीविरुद्ध उज्वेकितान र बहराइनले राम्रोसँग फाइदा लिए । 

उज्वेकिस्तानविरुद्धको प्रतिस्पर्धामा नेपालका खेलाडी मुस्किलले उनीहरूको स्कोर गर्ने एरियासम्म पुगेका देखिन्थे । उज्वेकिस्तानले निर्धारित १४ मिनेट नेपालमाथि दबाब राखेको थियो । घरेलु खेलाडीले आफ्नो क्षेत्रको २० मिटर मैदानभन्दा अगाडि जान सकेका थिएनन् । उज्वेकिस्तानले नेपालको कमजोर डिफेन्समा सहजै सात स्कोर गरिरहेको थियो । विंग, सेन्टर, फले  हाफ, स्कोम हाफ, लुज हेड प्रोप, हुकर तथा टाइट हेड प्रो पोसेसन सम्हालेका नेपालको पुरुष र महिला टोलीका खेलाडी राम्रोसँग चल्न सकेनन् । विपक्षी खेलाडीहरू अग्ला र छरिता हुँदा नेपालका खेलाडीले उनीहरूलाई स्कोर गर्न रोक्न सकेनन् ।