Skip This
मकवानपुरमा गाडी दुर्घटना हुँदा तीन जना घाइते
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १९ शनिबार
  • Saturday, 05 October, 2024
२o८१ असोज १९ शनिबार o९:२६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मकवानपुरमा गाडी दुर्घटना हुँदा तीन जना घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज १९ शनिबार o९:२६:oo

मकवानपुरको बागमती गाउँपालिकामा शनिबार बिहान यात्रु बाहक इभि गाडी दुर्घटना हुँदा तीन जना यात्रु घाइते भएका छन् । धरान चतरा सडकखण्ड अन्तर्गत बागमती गाउँपालिका वडा नम्बर-८ साततलेमा प्रदेश १-०२/००१ ज ४३२८ नम्बरको इभि गाडी आफै अनियन्त्रित भई दुर्घटना भएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

गाडी काठमाडौंबाट हेटौंडा हुँदै धरानको लागि छुटेको प्रहरीले जनाएको छ । घाइते हुनेमा भ्यानका चालक धनकुटाको बुद्ध नगरपालिका १ हिलेका ५२ वर्षीय देवी थापा, सोही स्थानमा ३० वर्षीय प्रमिला तामाङ र काठमाडौंको चाबहिलकी ४८ वर्षीया बिना तामाङ लामा रहेको प्रहरीले जनाएको छ । घाइतेको हेटौंडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रवक्ता अर्यालले जानकारी दिए ।