Skip This
ट्रेलर लगायतका ठूला सवारी साधनका चालकहरु समस्यामा 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १९ शनिबार
  • Saturday, 05 October, 2024
२o८१ असोज १९ शनिबार १o:११:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ट्रेलर लगायतका ठूला सवारी साधनका चालकहरु समस्यामा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज १९ शनिबार १o:११:oo

सामानसहित छुटेका गाडीहरु चितवनमा रोकिएपछि चालकहरु समस्यामा परेका छन् । यातायात आवागमन सहज बनाउन भन्दै १७ असोजदेखि नेपाल सरकारको यातायात व्यवस्था विभागले नारायणघाटदेखि काठमाडौंसम्म अतिआवश्यक बाहेकका मालवाहक सवारी साधन संचालन गर्न रोक लगाएको थियो ।

अहिले सयौँका संख्यामा रहेका ट्रेलरलगायतका ठूला सवारी साधन भरतपुरको आँपटारी, टिकौली जंगल क्षेत्रमा अलपत्र परेका छन् । बिहीबारदेखि आँपटारीमा आफ्नो ट्रक रोकिएको बताउँदै शंखर परियारले भने,‘पहिलेनै जानकारी थिएन । राज्यलाई कर तिरेर सुनौलबाट सामान लिएर आएको हुँ । बाटोमा ट्राफिकले पनि कुनै अवरोध गर्नु भएन । एक्कासी यहाँ आएपछि गाडी रोकियो,’ उनले भने, ‘एक दिन बितिसकयो तर पनि जान पाइएन।’

परियार काठमाडौंमा लोड सामान छोडेर दसैं मनाउन उदयपुर घर जाने तयारीमा थिए ।उनी जस्तै अहिले धेरै सवारी साधन यो क्षेत्रमा छन् । उनीहरुलाई शौचालयसहित बस्न खानको समस्या भएको छ। ‘पहिलेनै थाहा भएको भए आउने थिएनौँ । जानकारी नहुदाँ समस्या भयो । उनले भने, ‘की हामीलाई सहज रुपमा जान दिइओस् । होइन भने गाडी कतै व्यवस्थापन गरेर जाने वातावरण तयार गरिओस् ।’

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव नेपाल सरकारकै निर्णय भएकाले आफुहरुको निर्णय नचल्ने बताउँछन् । यद्धपी बाटोमा अपलपत्र परेका गाडीहरुलाई यात्रुवाहक गाडी कम भएको समयमा पठाउने गरेर सहकार्य गर्न खोजेको उनले नयाँ पत्रिकालाई जानकारी दिए। 

यातायात मजदुरहरू दैनिक ज्यालादारीमा काम गर्ने मजदुर भएकाले दशैंको मुखमा लामो समय यसरी बस्नुपर्दा आर्थिक मारमा परेका छन् ।