Skip This
हेटौँडाबाट ११ करोड ४३ लाखको अवैध सुनसहित दुई भारतीय पक्राउ
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १९ शनिबार
  • Saturday, 05 October, 2024
२o८१ असोज १९ शनिबार १o:५९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

हेटौँडाबाट ११ करोड ४३ लाखको अवैध सुनसहित दुई भारतीय पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज १९ शनिबार १o:५९:oo

मकवानपुर प्रहरीले हेटौँडाबाट ११ करोड ४३ लाख बढीको अवैध सुनसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको देश भारत महाराष्ट्र राज्य सांगलीका २५ वर्षीय अभिषेक अजिनाथ कुटी र सोही स्थानका २७ वर्षीय राहुल भिट्टिहाल  बाड रहेका छन् ।

उनीहरुलाई शनिबार बिहान ३ बजेको समयमा पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ मा रहेको चेकपोष्ट अगाडबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।प्रहरीले पथलैयाबाट हेटौँडातर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०४७ प ७५०३ नम्बरको स्कुटीलाई रोकी जाँच गर्दा स्कुटरमा रहेका निजहरुको साथबाट ८ किलो दुई सय ४३ ग्राम नौ सय ७० मिलिग्राम बिस्कुट आकारका ८ थान सुनका टुक्रा बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एवं प्रहरी उपरीक्षक विश्वराज खड्काले उक्त परिणामको सुनको आजको बजार मुल्य ११ करोड ४३ लाख ५७ हजार ८ सय ७८ रुपैयाँ ६ सय ५० पैसा रहेको जानकारी दिए ।उनले ती व्यक्तिहरुले भारतबाट नेपाल प्रवेश गराइएको उक्त सुन जनकपुरबाट बसमा र पथलैयाबाट स्कुटरमा ल्याएको र काठमाडौं लैजान तयारी गरेको खुलेको बताए । 

उक्त सामानसहित निजहरु अभिषेक अजिनाथ कुटी र राहुल भिट्टिहाललाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारबाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाउने तयारी भएको प्रहरी प्रमुख खड्काले जानकारी दिए ।