Skip This
मदिराले मातेका बाबुले हँसिया प्रहार गर्दा छोराको मृत्यु 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १९ शनिबार
  • Saturday, 05 October, 2024
२o८१ असोज १९ शनिबार १३:१२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मदिराले मातेका बाबुले हँसिया प्रहार गर्दा छोराको मृत्यु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज १९ शनिबार १३:१२:oo

लमजुङमा बाबुको हँसिया प्रहारबाट छोराको ज्यान गएको छ । मर्स्याङ्दी  गाउँपालिका– २ प्रोवीगाउँ निवासी ५७ वर्षीय बाबु सन्तबहादुर तामाङ र २७ वर्षीय छोरा सोमबहादुर तामाङबीचमा मापसे गरेपछि घरायसी झगडा हुँदा छोराको ज्यान गएको हो ।

शुक्रबार साँझको समयमा बाबु छोरा दुबै घरमानै बसेर मापसे गर्दे थिए । मापसे सेवनकै क्रममा बाबु  र छोराबिच झगडा सुरु भएको र झगडा बढ्दै जाँदा दुवैबिच हात हालाहाल भएको  प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार शुक्रबार बेलुका बाबु छोरासँगै बसेर मदिरा सेवन गरेका थिए । त्यसपछि उनीहरूबीच विवाद भएको थियो । ५७ वर्षका सन्तबहादुरले प्रहार गरेको हँसियाले सोमबहादुरको घाँटीमा गम्भीर चोट लागेपछि उपचारार्थ अस्पताल लैजाने क्रममा निजको मृत्यु भएको हो ।

अभियुक्तलाई हिरासतमा लिएर कानुनी कारबाही प्रारम्भ भएको छ। मृतककी एक छोरी र श्रीमती छन् । डीएसपी श्रीवास्तवका अनुसार दुवैजना मदिरा सेवन गरेर बसेको र एकआपसमा झगडा भएपछि घटना घटेको देखिन्छ ।