Skip This
जापानिज लिएर कञ्चनजंघा बेसक्याम्प हिँडेका एक जना पहिरोमा पुरिए
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १९ शनिबार
  • Saturday, 05 October, 2024
२o८१ असोज १९ शनिबार १३:o५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जापानिज लिएर कञ्चनजंघा बेसक्याम्प हिँडेका एक जना पहिरोमा पुरिए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज १९ शनिबार १३:o५:oo

ताप्लेजुङको कञ्चजंघा बेसक्याम्पतर्फ पर्यटक लिएर जाँदै गरेका एक पुरुषको पहिरोले पुरेर मृत्यु भएको छ। 

फक्ताङलुङ गाउँपालिका ६ सेखाथुमबाट काञ्चजंघा बेसक्याम्पतर्फ जानेक्रममा इटहरा भन्ने ठाउँमा माथिबाट पहिरो खरेपछि हिँडिरहेका संखुवासभाको सिलिचोङ गाउँपालिका ५ बस्ने ४० वर्षका टिकाबहादुर राईको मृत्यु भएको जल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरिक्षक विवेश बस्नेतले बताए ।  

ट्रेकिङको लागि जापानबाट आएका तीन जना नागरिकसँग एक गाइड, एक कुक र १३ भरिया थिए। उनीहरुमध्ये पहिरोले पुरेर कुक(खाना काउने) राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।