Skip This
वर्षाले ढिलोगरी काठमाडौं  भित्रियो खसी–बोका, खाद्य र निजीको मूल्य फरकफरक (फोटोफिचर)
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १९ शनिबार
  • Saturday, 05 October, 2024
२o८१ असोज १९ शनिबार १२:१९:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

वर्षाले ढिलोगरी काठमाडौं  भित्रियो खसी–बोका, खाद्य र निजीको मूल्य फरकफरक (फोटोफिचर)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज १९ शनिबार १२:१९:oo

विगतमा घटस्थापनादेखि खाद्य कम्पनीले खसी–बोका र च्यांग्रा बिक्री गर्दै आएकोमा यसपटक अविरल वर्षाले सडक अवरुद्ध पारेका कारण ढिलाइ भएको छ । खाद्य कम्पनीका सिइओ रमेश आचार्यले शनिबार बेलुकासम्म खसी–बोका र च्यांग्रा काठमाडौं ल्याइसक्ने र आइतबारबाट बिक्री थाल्ने जानकारी दिए ।

जिउँदो च्यांग्राको मूल्य प्रतिकिलो १२ सय ३० र जिउँदो खसी–बोकाको मूल्य ६ सय ३० रुपैयाँ प्रतिकिलोआसपास राख्ने तयारी भइरहेको उनले जानकारी दिए । 

निजी क्षेत्रले पनि दसैँका लागि खसी–बोकाको आपूर्ति बढाउन थालेको छ । कलंकी, टुकुचालगायतका बजारमा खसी–बोका ल्याएर बिक्री थालिएको काठमाडौं चौपाया खरिद–बिक्री वधशालाका अध्यक्ष जनक खड्काले जानकारी दिए । उनका अनुसार दैनिक २५ गाडीसम्म खसी–बोका ल्याउने गरिएको छ । जिउँदो च्यांग्रा प्रतिकिलो १२ सय ५० र खसी–बोका ६ सय ५० देखि ६ सय ९० रुपैयाँ प्रतिकिलोमा किनबेच भइरहेको उनले बताए ।