Skip This
पर्यटन मन्त्री र आन्दोलनरत क्याभिन क्रुबीचको वार्ता सकारात्मक,रोकिएका विमान आजैबाट उडान हुने सम्भावन
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १९ शनिबार
  • Saturday, 05 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज १९ शनिबार १२:४४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पर्यटन मन्त्री र आन्दोलनरत क्याभिन क्रुबीचको वार्ता सकारात्मक,रोकिएका विमान आजैबाट उडान हुने सम्भावन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज १९ शनिबार १२:४४:oo

संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले चाडबाडका बेला अत्यावश्यक मानिने हवाई सेवालाई अवरुद्ध हुने गरि कुनै पनि गतिविधि नगर्न आग्रह गरेका छन् । 

विमान परिचालकहरुको आन्दोलनपछि उडान रद्द हुँदा दुबई र हङकङका दुईवटा उडान रद्ध भएका थिए।४५ वर्ष उमेर हदलाई हटाउन माग गर्दै  आन्दोलन गरिरहेका क्याबिन क्रु (विमान परिचारक र परिचारिका) हड्तालमा उत्रिएपछि मन्त्री पाण्डेले आन्दोलनरत पक्ष र नेपाल एयरलाइन्सका प्रतिनिधिहरुलाई मन्त्रालयमा बोलाएर छलफल गरेका हुन्। 

छलफलका क्रममा मन्त्री पाण्डेले भने, ‘निगमका कार्यरत परिचालिका र परिचालकको विषयमा सर्वोच्च अदालतले समेत दुई पटक छुट्टाछु‌ट्टै आदेश दिएको छ। उक्त विषय अदालतले अन्तिम टुंगो लगाएको छैन। यसबीचमा विनियमावली परिवर्तन गर्न मिल्छ कि मिल्दैन। यसबारे कानुनविद् र महान्यायाधिवक्तालाई बुझ्छौँ। चाडबाड र संकटको अवस्थामा कुनै पनि हालतमा सेवालाई नरोकिदिनुहोस् ।’

मन्त्री पाण्डेसँग उक्त कुरामा विमान परिचालिका एवं परिचालकहरुले भने आजै पुनः छलफल गरि काममा फर्किने गरि टुंगोमा पुग्ने विश्वास दिलाएका छन्। निगममा  कार्यरत परिचारिका र परिचारकहरूको संस्था नेफाल वायुसेवा क्याबिन क्रु संघले ४५ वर्षपछि अनिवार्य अवकासमा जाने नियम, सेवा सुविधामा विभेद भएको भनी ०८० पुसमा सर्वोच्च अदालतमा रिट निवदेन दिएका थिए। उक्त मुद्दाको किनारा लागेको छैन। निगमले ४५ वर्ष उमेर पुगेका क्याबिन क्रुको करार नवीकरण नगरेपछि असोज १६ यता उनीहरू पुनः आन्दोलनमा उत्रिएका थिए।