Skip This
नियमविपरित जोखिमपूर्ण यात्रु बोक्ने ३२ सवारीलाई कारबाही
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १९ शनिबार
  • Saturday, 05 October, 2024
२o८१ असोज १९ शनिबार o९:३८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नियमविपरित जोखिमपूर्ण यात्रु बोक्ने ३२ सवारीलाई कारबाही

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज १९ शनिबार o९:३८:oo

जोखिमपूर्ण ढंगबाट यात्रु बोक्ने बोलेरो जिपहरुलाई कारबाही गरिएको छ। जिल्लाका ग्रामिण क्षेत्रहरुमा जोखिमपूर्ण रुपमा यात्रु ओसारपसार गर्ने बोलेरो जिपहरुलाई कारबाही  गरिएको हो। शुक्रबार धादिङ जिल्लाको ज्वालामुखी, त्रिपुरासुन्दरी, नेत्रावतीलगायतका गाउँपालिकाको विभिन्न वस्तीहरुबाट बोलेराेको छतमा समेत राखेर यात्रु ओसारपसार गर्ने पाँचवटा बोलेरो जिपलाई जरिवानासहित कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सुरज श्रेष्ठले बताए । 

‘छतमा राखेर यात्रु ओसारपसार गर्ने, यात्रु बोक्ने अनुमतिसमेत नभएका सवारी साधनले क्षमताभन्दा बढी यात्रु राखेर जोखिमपूर्ण ढंगले सवारी चलाउनेसमेत गरेपछि पछिल्लो दुई दिनमा ३२ वटा सवारी कारबाहीमा परेका छन्’ उनले भने, ‘प्रयोजनविपरित संचालित तीन, छतमा समेत राखेर यात्रु बोक्ने १४, सवारी साधनको अवस्था ठिक नभएको पाँच वटासहित ३२ वटा सवारी साधनलाई कारबाही गरिएको हो ।’

सडक सञ्जाल सहज नभएका ग्रामीण बस्तीहरुबाट बोलेरो जिपहरुले सर्वसाधारणलाई सदरमुकाम धादिङबेसी ल्याउनेलैजाने गर्छन्। सडक सञ्जाल पुगेपनि जिल्लाको अधिकांश भागमा यात्रुबाहक बस संचालन हुने सडक नभएपछि सर्वसाधारणहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। यही मौका छोपेर यात्रु बोक्ने अनुमतिसमेत नभएका बोलेरो जिपहरुले मनोमानी ढंगबाट भाडा असुलेको गुनासो व्यापक भएपछि ट्राफिक प्रहरीले चेकजाँचलाई कडाई गरेको हो । 

वर्षातको समयमा भत्किएको बाटो मर्मत हुन नसक्दा ग्रामीण भेगमा ठूला यात्रुबाहक बस पुग्न सक्ने अवस्था छैन। बोलेरो जिप चल्ने सडकमा ठाउँठाउँमा सादा पोसाकका प्रहरीसमेत खटाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। 
विभिन्न बहानामा यात्रु ठगिनबाट जोगाउन सदरमुकाम धादिङबेसीको पुछारबजारमा यात्रु सहायता कक्षसमेत स्थापना गरेको छ। जुनकुनै कारण समस्यामा परेका वा अप्ठ्यारेमा परेका यात्रुहरुले सहायता कक्षमा उजुरी गर्न पाउने व्यवस्था मिलाइएको छ ।