Skip This
शुक्लाफाँटामा गर्भवती हात्ती मृत फेला
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १९ शनिबार
  • Saturday, 05 October, 2024
मोहन विष्ट कञ्चनपुर
२o८१ असोज १९ शनिबार o९:२७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

शुक्लाफाँटामा गर्भवती हात्ती मृत फेला

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ असोज १९ शनिबार o९:२७:oo

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा एक गर्भवती हात्ती हात्ती मृत फेला परेको छ । निकुञ्जको पुर्वी दक्षिणी क्षेत्र पडाउ जंगलमा गर्भवती हात्ती मृत फेला परेको हो । शुक्रबार दिउँसो नेपाली सेनाले गस्ती गर्ने क्रममा जंगलमा हात्ती मृत फेला पारेको निकुञ्ज कार्यालयले जनाएको छ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयका सुचना अधिकारी मनोज ऐरले दिउँसो मृत फेला परेको हात्ती बच्चा जन्माउन नसकेर मरेको बताए । ‘हामीले हात्ती मृत फेला परेको स्थानको बस्तुस्थिति बुझ्दा हात्ती प्राकृतिक कारणले नै मरेको तथ्य फेला पारेका छौँ, ‘उनले भने, ‘निकुञ्ज, पशु चिकित्सक सहित सेनाको टोलीले मृत हात्तीको सदगत गर्ने तयारी गरेका छौँ ।’ 

गत १२ असोजमा उक्त हात्ती मृत फेला परेको स्थानदेखि झण्डै ४/५किलोमिटर पुर्व हात्तीको बथानले लालझाडी गाँउपालिका ४ डागाँ जाईका ५० वर्षीया रामदत्त रानाको मृत्यु भएको थियो ।