१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २० बिहीबार
  • Saturday, 06 July, 2024
नयाँ पत्रिका विराटनगर
२o८१ असार २० बिहीबार o९:२१:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

आगामी मौद्रिक नीतिका लागि कोशीका उद्योगीको सुझाव 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
नयाँ पत्रिका
२o८१ असार २० बिहीबार o९:२१:oo

उत्पादनमूलक क्षेत्रलाई पुनर्कर्जा देऊ, उधारो कारोबारलाई नियमन गर

कोशीका उद्योगीले उत्पादनमूलक क्षेत्रलाई पुनर्कर्जा दिन तथा उधारो कारोबारलाई नियमन गर्ने व्यवस्था गर्न नेपाल राष्ट्र बैंकलाई सुझाव दिएका छन् । उद्योगीहरूले उद्योग संगठन मोरङमार्फत आर्थिक वर्षको मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकलाई सुझाव पठाएका हुन् । 

उद्योगीहरूले उधारो कारोबार नियमन गर्ने सम्बन्धमा प्रस्ट नीति बनाउनुपर्ने, उधारो नतिर्ने व्यवसायीलाई कालोसूचीमा राख्नुपर्ने र अनिवार्य लेखापरीक्षणा रिपोर्ट सार्वजनिक गर्नुपर्ने व्यवस्था मौद्रिक नीतिमार्फत गर्न सुझाव पठाएका छन् । त्यस्तै कृषि, साना, मझौला तथा घरेलु उद्योगसमेतलाई सहुलियत दिन स्थापना गरिएको पुनर्कर्जाको व्यवस्था पुनः खुला गरिनुपर्ने, उत्पादनमूलक उद्योगका लागि पुनर्कर्जाको निश्चित रकम छुट्याइनुपर्ने र मापदण्ड पूरा गर्ने सबै उत्पादनमूलक तथा एसएमईलाई समानुपातिक रूपमा कर्जा वितरण गर्ने व्यवस्था गर्नसमेत उनीहरूले सुझाव दिएका हुन् ।

संगठनका अध्यक्ष राकेश सरानाले आगामी मौद्रिक नीतिका लागि उद्योगी व्यवसायीका माग तथा सुझाव समेटेर राष्ट्र बैंकमा पठाइएको बताए । उत्पादनमूलक उद्योगमा प्रवाह भएको कर्जाको ब्याजदर कम्तीमा पाँच वर्षका लागि स्थिर गर्न, ऋण तिर्ने समयसीमा ०८६ सालसम्म बढाउन, भुक्तानीको समय १० वर्षबाट १५ वर्ष पु¥याउन, उत्पादनमुखी उद्योग र कृषि उत्पादन तथा प्रशोधन उद्योगमा दिइएको कर्जामा जोखिम भार तथा कर्जा नोक्सानी व्यवस्थामा छुट गर्नसमेत उद्योगीहरूले माग गरेका छन् । 

ad
ad
ad
ad