१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १९ बुधबार
  • Friday, 05 July, 2024
तस्बिर : अमुल थापा/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o८१ असार १९ बुधबार १२:५५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

रविको पार्टी होइन, राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔँ : महामन्त्री ढकाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार १९ बुधबार १२:५५:oo

राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले केन्द्रीय समितिमा आफ्ना प्रस्ताव प्रस्तुत गर्न नपाएपछि सञ्चारमाध्यममार्फत सार्वजनिक गरेका छन्।

मंगलबार सचिवालय बैठकले आफूलाई बोल्न दिने निर्णय गरे पनि बुधबार केन्द्रीय समितिमा सभापतिले बोल्न र प्रस्ताव प्रस्तुत गर्न नदिएको ढकालले बताएका छन्।

‘हिजोको पार्टी सचिवालय बैठकको निर्णयबमोजिम समीक्षा प्रतिवेदनका आधारमा प्रस्ताव तयार पारेको थिएँ। समीक्षा प्रतिवेदनपछिका सन्दर्भमा आफ्ना भनाइ राख्ने अनुमति दिने सचिवालयले निर्णय गरेको थियो, तर आज मलाई बोल्न दिइएन। लिखित रूपमा तयार पारिएको प्रस्ताव र भनाइ पनि सभापतिले राख्न अनुमति दिनुभएन,’ ढकालले भनेका छन्।

महामन्त्री ढकालको प्रतावमा सभापतिमा रवि लामिछाने रहे पनि पार्टीलाई राष्ट्रिय स्वतन्त्र पार्टी नै रहन दिनुपर्ने उल्लेख छ। ‘राष्ट्रिय स्वतन्त्र पार्टीलाई अबको १०० दिनमा राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔँ, रविको पार्टी होइन । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पनि रवि लामिछानेलाई नै बनाऔँला, तर पार्टीलाई रविको पार्टी होइन, राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔँ,’ प्रस्तावमा भनिएको छ।

रविको पार्टीबाट रास्वपा बनाउन महामन्त्रीले विभिन्न प्रस्ताव प्रस्तुत गरेका छन्। सभापति र उपसभापतिबाहेकका केन्द्रीय समिति सदस्यहरू दुई हप्ता गुप्तवासमा बसेर पार्टी विधान कस्तो बनाउने, विधान पालना कसले गराउने, पार्टीको कार्यदिशा कसरी निर्धारण गर्ने, नेताको कार्यसम्पादन मूल्यांकन कसरी गर्ने, आफूहरू राजनीतिमा किन आएको ? पार्टीको निर्णय प्रक्रिया के हो ? लगायत विभिन्न विषयमा निर्णय गर्न प्रस्ताव गरेका छन्।

गुप्तवासका क्रममा आफूले महामन्त्रीको रूपमा राय राख्ने र त्यसमा निर्णय केन्द्रीय समिति सदस्यहरूले नै गर्ने उल्लेख गरेका छन्।

ad
ad
ad
ad