Skip This
अवैध क्रिप्टोकरेन्सी कारोबारको आरोपमा विराटनगरबाट ६ जना पक्राउ
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २१ शुक्रबार
  • Monday, 08 July, 2024
गणेश लम्साल विराटनगर
२o८१ असार २१ शुक्रबार १९:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

अवैध क्रिप्टोकरेन्सी कारोबारको आरोपमा विराटनगरबाट ६ जना पक्राउ

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ असार २१ शुक्रबार १९:o१:oo

अवैध क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा प्रहरीले मोरङको विराटनगरबाट ६ जनालाई पक्राउ गरेको छ। क्रिप्टोकरेन्सी कारोबारको आरोपमा बिहीबार विराटनगर महानगरपालिका– १५ बाट ६ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरूमा सप्तरीको खडक नगरपालिका– ११ का २२ वर्षीय शिवशंकर यादव, राजगढ गाउँपालिका– ३ का २० वर्षीय दीपक मण्डल, मोरङको जहदा गाउँपालिका– १ का २५ वर्षीय रञ्जितकुमार यादव, विराटनगर– १६ का ३० वर्षीय जनार्दन यादव र २६ वर्षीय सिकिन्दर यादव तथा सप्तरी नर्घो घर भई विराटनगर– १५ बस्दै आएका ३३ वर्षीय सञ्जीवकुमार मण्डल रहेका छन्।

विराटनगर– १५ मा रहेको सोहिता कर्णको घरको दोस्रो तलामा चारवटा कोठा भाडामा लिएर क्रिप्टोकरेन्सी कारोबार गरिरहेका उनीहरूलाई असार १९ गते कोशी प्रदेश प्रहरीको प्रादेशिक अनुसन्धान समूह, जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रानीको संयुक्त टोलीले पक्राउ गरेको हो।

प्रहरीले छापा मार्ने क्रममा गिरोहको कोठाबाट १६ थान मोबाइल, भारतीय नम्बरका १३ थान र नेपाली नम्बरका १९ थान सिमकार्ड, विभिन्न बैंकका चेक २८ थान, विभिन्न बैंकमा रकम जम्मा गरेको भौचर १५ थान,  इलेक्ट्रिक फ्रिंगर प्रिन्ट तीन थान, मोटरसाइकल तीन थान र नगद एक हजार ६ सय रुपैयाँ बरामद भएको जनाएको छ।

पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखेर  थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ।

ad
ad
ad
ad