Skip This
उपसभामुख राना चीनको औपचारिक भ्रमणबाट स्वदेश फिर्ता
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २४ सोमबार
  • Sunday, 06 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असार २४ सोमबार १८:१४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उपसभामुख राना चीनको औपचारिक भ्रमणबाट स्वदेश फिर्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार २४ सोमबार १८:१४:oo

प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना चीनको सातदिने औपचारिक भ्रमण सम्पन्न गरी सोमबार स्वदेश फर्किएकी छिन्। उपसभामुख राना चीनको स्वशासित क्षेत्र तिब्बतमा आयोजित चौथो चाइना सिजाङ ट्रान्स–हिमालयन फोरममा सहभागी भएर स्वदेश फर्किएकी हुन्।

स्वदेश फर्केपछि पत्रकारहरूसँग कुरा गर्दै उनले भ्रमण उपलब्धिमूलक भएको सुनाइन्। तिब्बतमा पर्यावरण, कला तथा संस्कृतिको संरक्षण र दिगो विकासका लागि भैरहेका प्रयासहरूबाट नेपालले धेरै कुरा सिक्न जरुरी रहेको उनको भनाइ थियो।

भ्रमणका क्रममा उपसभामुख रानाले असार २० गते उक्त फोरमलाई सम्बोधन गरेकी थिइन्। उनले सम्बोधनका क्रममा चीन र नेपाल, दक्षिण एसिया, दक्षिण पूर्वी एसिया र मध्य एसियाका अन्य देशहरूबीचको सम्पर्क विस्तारका लागि ट्रान्स–हिमालयन प्लेटफर्मको महत्व रहेको धारणा राखेकी थिइन्।

भ्रमणका क्रममा रानाले तिब्बतको लिजीमा उच्चस्तरीय भेटघाटसमेत गरिन्। चिनियाँ कम्युनिस्ट पार्टीका उपसचिव चेन योङ्चीलगायत पदाधिकारीसँग द्विपक्षीय सहयोगका बारेमा छलफल भएको थियो। त्यस्तै, भ्रमण टोलीले धार्मिक तथा पर्यटकीय क्षेत्र मानसरोवर र कैलाश पर्वत, पोताला दरबारलगायतका धार्मिक, सांस्कृतिक तथा पर्यटकीय स्थलहरूको अवलोकन गरेको थियो।

भ्रमण टोलीमा प्रतिनिधिसभाका सदस्य सुहाङ नेम्वाङलगायत सहभागी थिए। फोरममा भाग लिन नेपाली टोली यही असार १८ गते त्यसतर्फ प्रस्थान गरेको थियो।

सोही फोरममा सहभागी हुन चीन गएका राष्ट्रिय सभाका निवर्तमान अध्यक्ष गणेशप्रसाद तिमिल्सिना पनि सोमबारै स्वदेश फर्किएका छन्।