Skip This
रास्वपा सभापति लामिछाने सहभागी कार्यक्रममा ढुंगा हानाहान
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १९ शनिबार
  • Saturday, 05 October, 2024
२o८१ असोज १९ शनिबार १९:४१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रास्वपा सभापति लामिछाने सहभागी कार्यक्रममा ढुंगा हानाहान

काठमाडौं फर्कने क्रममा उनले भने, ‘ममाथि आशा राखेर ढुंगा हानिएको हो, आक्रोशले होइन’ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज १९ शनिबार १९:४१:oo

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने सहभागी कार्यक्रममा ढुंगा हानाहान भएको छ। 

चितवनको नारायणगढस्थित नारायणी कला मन्दिरमा भएको कार्यक्रममा सहकारीपीडित र रास्वपाका कार्यकर्ताबिच ढुंगा हानाहान भएको हो।

आफ्ना कुरा राख्न भन्दै सहकारीपीडितहरू कार्यक्रमस्थलभित्र पस्न लाग्दा रास्वपाका कार्यकर्ताले गेटभित्र पस्न रोकेका थिए। यहीबिच कला मन्दिरपरिसरमा रहेका रास्वपा कार्यकर्ताले सहकारीपीडितमाथि ढुंगा हानेपछि सहकारीपीडितहरूले कार्यक्रमस्थललाई केन्द्रित गरेर ढुंगा तथा पानीको बोतल प्रहार गरेका थिए।

सहकारीपीडित संघर्ष समितिका संयोजक शालिकराम दुवाडीले ढुंगा हानाहानमा चारजना सहकारीपीडित घाइते भएको जानकारी दिए। त्यसमध्ये एकजनाको आँखाको माथिल्लो भागमा गम्भीर चोट लागेको दुवाडीले बताए। 

प्रहरीले झडपस्थलबाट चारजनालाई नियन्त्रणमा लिएको थियो। उनीहरू साँझ रिहा भएका छन्। कार्यक्रमस्थलमा सहकारीपीडितले नभई कांग्रेस–एमालेका कार्यकर्ताले झडपको अवस्था निम्त्याएको रास्वपाले जनाएको छ। सभापति लामिछानेविरुद्ध शुक्रबार दिउँसो मुग्लिन बजारमा समेत विरोध प्रदर्शन भएको थियो।

विमानस्थलमा कार्यकर्तालाई सम्बोधन गर्दै लामिछानेले भने, ‘मलाई आशा गरेर ढुंगा हानियो, 
रास्वपा सभापति रवि लामिछानेले विरोधका लागि नभई आफूमाथि विश्वास राखेर ढुंगा हानिएको टिप्पणी गरेका छन्। काठमाडौं फर्कने क्रममा भरतपुर विमानस्थलमा जम्मा भएका रास्वपा कार्यकर्ताहरूलाई सम्बोधन गर्दै उनले सहकारीपीडित न्याय माग्नका लागि आफूकहाँ आएको बताए।

‘सहकारीपीडितहरू दुईतिहाइको सरकारसँग न्याय माग्नभन्दा हामीलाई विश्वास गरेर हामी भएको ठाउँमा आउनुभएको हो। यसलाई हामीले सकारात्मक रूपमा लिनुपर्छ,’ उनले भने, ‘उहाँहरूले राजनीतिमा रास्वपाको महत्व दर्साइदिनुभयो। त्यो उहाँहरूको आक्रोश होइन, आशा हो।’

रास्वपा हातमा फूल लिएर राजनीतिमा आएको भन्दै उनले दुईतिहाइको सरकारले प्रतिपक्षमाथि ढुंगा हान्न लगाएको जिकिर गरे।