Skip This
हटाउन सकिने अन्धोपनको उपचारका लागि पदयात्रामा हिँडेका एलेक्जेन्डर नेपालमा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २१ शुक्रबार
  • Monday, 08 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असार २१ शुक्रबार १८:१७:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

हटाउन सकिने अन्धोपनको उपचारका लागि पदयात्रामा हिँडेका एलेक्जेन्डर नेपालमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार २१ शुक्रबार १८:१७:oo

हटाउन सकिने अन्धोपनको उपचारका लागि फन्ड संकलन गर्न पदयात्रामा हिँडेका एलेक्जेन्डर क्याम्पबेल नेपाल आइपुगेका छन्। अस्ट्रेलियन नागरिक एलेक्जेन्डर दृष्टिविहीनहरूको दृष्टि पुनर्स्थापित गर्न विश्व पदयात्रामा छन्।

नेपाल आइपुगेका एलेक्जेन्डरले शुक्रबार तिलगंगा आँखा प्रतिष्ठानको भ्रमण गरेका छन्। पदयात्राबाट संकलन गरेको रकमबाट नेपाललाई समेत सहयोग गर्दै आएका उनले प्रतिष्ठानका कार्यकारी डा. सन्दुक रुइतसँग भेट गरेर नेपालमा आँखा उपचारबारे छलफल गरेका हुन्। तिलगंगामा चिकित्सकहरूसँगको भेटमा उनले भने, ‘आफूले संकलन गरेको रकमबाट कसरी उपचार भइरहेको छ भनी प्रत्यक्ष रूपमा हेर्नका लागि प्रतिष्ठानको भ्रमण गरेको हुँ।’

हाल उनको पदयात्राबाट संकलन भएको रकम प्रतिष्ठानको साझेदार संस्था फ्रेड हलोज फाउन्डेसनमार्फत तिलगंगा अस्पतालले दृष्टिविहीनहरूको उपचारमा सहयोग गरिरहेको छ।

आँखाको उपचारका लागि फन्ड संकलन गर्न एलेक्जेन्डेर हाल विश्व पदयात्रामा छन्। करिब चार वर्षभित्रमा विश्व परिक्रमा गर्ने लक्ष्य लिएका उनले २०२३ को फेब्रुअरी १२ मा सिड्नीस्थित ओपेरा हाउसबाट पदयात्रा सुरु गरेका थिए। 

फ्रेड हलोज फाउन्डेसनको नाममा रकम जुटाइरहेका उनले कम्तीमा ३० वटा देश र चार महाद्वीपहरूमार्फत ४० हजार किलोमिटर पदयात्रा गर्ने लक्ष्य लिएका छन्। एलेक्जेन्डर पछिल्लो डेढ वर्षमा अस्ट्रेलियाबाहेक इन्डोनेसिया, सिंगापुर, मलेसिया, थाइल्यान्ड, बंगलादेश, भारत हुँदै हाल नेपाल आइपुगेका हुन्। यसपछि एसियाका अन्य देश हुँदै युरोप, उत्तर अमेरिका र पुनः अस्ट्रेलिया पुग्ने उनको योजना छ।

विश्वमा सबैभन्दा बढी दृष्टिविहीन रहेको एसिया पार गर्नु क्याम्पबेलको यात्राको अर्को रोचक पाटो हो। लामो दूरीको पदयात्रा गर्ने गरेका क्याम्पबेलले यसअघि पनि आठ सय किलोमिटर कोलोराडो ट्रेल, एक हजार ६ सय किलोमिटर ग्रेट हिमालय ट्रेल र फ्लिन्डर्स रेन्जबाट सिड्नीसम्मको तीन हजार सात सय ५० किलोमिटरको पदयात्रा पूरा गरिसकेका छन्।

यस पदयात्राको क्रममा फ्रेड हलोज फाउन्डेसनका लागि हालसम्म उनले ३२ हजार डलर संकलन गरिसकेका छन्। आफ्नो पदयात्रामार्फत फाउन्डेसनलाई गरिने सहयोगबाट थुप्रै राष्ट्रका मानिसहरूको दृष्टि पुनर्स्थापित गर्न सकिने भएकाले यो अभियान सुरु गरेको क्याम्पबेलले जनाएका छन्।

हाल विश्वमा ४३ करोड मानिस दृष्टिविहीन जीवन बाँचिरहेकोमा ९० प्रतिशतभन्दा बढी दृष्टिविहीन हुनबाट रोक्न वा उपचार गर्न सकिने रहेकाले यस किसिमको सचेतनात्मक कार्य गर्न जरुरी रहेको उनको अनुभव छ।

ad
ad
ad
ad