Skip This
राजीनामा बुझेपछि गीत गाउँदै प्रधानमन्त्रीले भने– कुनै मोडमा फेरि मिल्न सकिन्छ
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २० बिहीबार
  • Sunday, 07 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असार २० बिहीबार o७:३o:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

राजीनामा बुझेपछि गीत गाउँदै प्रधानमन्त्रीले भने– कुनै मोडमा फेरि मिल्न सकिन्छ

'यस्तो पनि हुँदो रै’छ, जिन्दगीमा कैले कैले, कसैलाई माया गर्नु एउटा भूल गरेँ मैले'

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असार २० बिहीबार o७:३o:oo

एमालेका आठ मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट सामूहिक राजीनामा दिएका छन् । यससँगै एमालेले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । 

बुधबार साँझ प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटार पुगेर पार्टीको तर्फबाट सरकारको नेतृत्व गरिरहेका उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठसहित आठ मन्त्रीले प्रधानमन्त्री प्रचण्डलाई राजीनामा बुझाएका हुन् ।

एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बिहीबार सभामुख देवराज घिमिरेलाई पनि औपचारिक पत्र बुझाइने बताए । राजीनामा बुझाएपछि बाहिरिँदै सरकारको नेतृत्व गरेका उपप्रधानमन्त्री महासेठले नियुक्तिपछिको राजीनामालाई आफूले सामान्य रूपमा लिएको बताए । ‘हामीले सामूहिक रूपमा राजीनामा दियौँ, राजीनामालाई हामीले सामान्य रूपमा लिएका छौँ, यसभन्दा बढी अरू कुनै टिप्पणी नगरौँ,’ उनले भने ।

एमाले मन्त्रीहरूले राष्ट्रिय राजनीतिक परिस्थिति बदलिएको र पार्टीले फिर्ता बोलाएकाले राजीनामा दिएको जानकारी गराएका थिए । प्रधानमन्त्रीले भने बीचैमा एमालेबाट धोका भएको सांकेतिक टिप्पणी गरे पनि अरू राजनीतिक टिप्पणी नगरेको एक मन्त्रीले बताए । यद्यपि, उनले अहिलेलाई धोका भए पनि राजनीतिक यात्रामा फेरि पनि कुनै दिन मिल्न सकिने भन्दै ढोका खुल्ला राखेको बताएका थिए ।

गीत गाउँदै प्रधानमन्त्रीले भने– 'यस्तो पनि हुँदो रै’छ, जिन्दगीमा कैले कैले, कसैलाई माया गर्नु एउटा भूल गरेँ मैले'

‘मैले एउटा गीत सम्झिरहेको छु– यस्तो पनि हुँदो रै’छ, जिन्दगीमा कैले कैले’ कसैलाई माया गर्नु एउटा भूल गरेँ मैले’ मेरो योभन्दा बढी भन्नुपर्ने अरू मेरो केही छैन’ प्रधानमन्त्रीले राजीनामा बुझेपछि टिप्पणी गरेका थिए ।

प्रधानमन्त्रीले आफ्नो नेतृत्वमा मन्त्रीहरूले इमानदारीपूर्वक राम्रो काम गरेको भन्दै फेरि पनि कुनै पनि मोडमा मिल्न सकिने बताएका थिए । ‘तपाईंहरूले मेरो नेतृत्वमा इमानदारीपूर्वक काम गर्नुभो, त्यसका लागि धेरै धन्यवाद छ । राजनीति हो, फेरि पनि कुनै पनि मोडमा हामी मिल्न सक्छौँ, भेटिन सक्छौँ,’ प्रधानमन्त्रीको प्रतिक्रिया थियो । 

ad
ad
ad
ad