Skip This
हेटौँडा १ र ५ वडाका केही स्थान डुबानमा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २२ शनिबार
  • Saturday, 05 October, 2024
२o८१ असार २२ शनिबार १७:१९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हेटौँडा १ र ५ वडाका केही स्थान डुबानमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार २२ शनिबार १७:१९:oo

शुक्रबारदेखिको अविरल वर्षाका कारण हेटौँडा उपमहानगरपालिकाका दुईवटा वडाका केही भाग डुबानमा परेका छन्। हेटौँडा वडा नम्बर १ चौकीटोल र वडा नम्बर ५ शान्तिनगर क्षेत्र डुबानमा परेका हुन्।

मकवानपुर प्रहरी प्रवक्ता एवं डिएसपी लक्ष्मी भण्डारीका अनुसार हेटौँडा– ५ स्थित शान्तिनगर क्षेत्रमा २५-३० घर डुबानमा परेको छ। डुबानबाट कुनै मानवीय क्षति भने भएको छैन। यस्तै, हेटौँडा– १ चौकीटोलस्थित तरकारी मन्डी क्षेत्र पनि डुबानमा परेको छ।

डुबानको समस्यामा परेका स्थानीयलाई सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको प्रहरी प्रवक्ता भण्डारीले जानकारी दिए। अझै पनि पानी पर्न सक्ने भएकाले डुबानको जोखिममा रहेका, नदीकिनार, खोल्साखोल्सीका आसपासमा रहेका स्थानीयलाई सचेत रहन आग्रह गरिएको पनि उनले बताए।

लगातारको वर्षाले मकवानपुरको कुखरेनी कर्रा, राप्ती, मनहरी र लोथर खोलामा पानीको बहाव बढेको छ। त्रिभुवन राजपथअन्तर्गत भीमफेदी गाउँपालिका– १ बाघझोरामा माथिबाट ढुंगागिट्टीसहित आएको बाढीका कारण उक्त सडक भएर चल्ने सवारी आवागमनमा समस्या भएको छ।