Skip This
कस्मिरमा गोली लागी आठजनाको मृत्यु
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २३ आइतबार
  • Saturday, 05 October, 2024
एएफपी नयाँदिल्ली
२o८१ असार २३ आइतबार १५:११:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

कस्मिरमा गोली लागी आठजनाको मृत्यु

Read Time : < 1 मिनेट
एएफपी नयाँदिल्ली
नयाँ पत्रिका नयाँदिल्ली
२o८१ असार २३ आइतबार १५:११:oo

भारत प्रशासित कस्मिरमा भएको गोली हानाहानको दुईवटा छुट्टै घटनामा दुईजना सैनिक र ६ जना सन्दिग्ध आतंकवादी मारिएको प्रहरीले आइतबार जनाएको छ । 

कस्मिरका प्रहरी महानिरीक्षक विधिकुमार बिर्दीले विवादित क्षेत्रका अधिकारीहरूले कुलगाम जिल्लाका गाउँहरूमा ‘दुई छुट्टाछुट्टै सुरक्षा कारबाही’ गरिएको बताए । बिर्दीले सुरक्षा बलका दुई सदस्य मारिएका र मोडेरग्राम र फ्रिसल चिन्निगाम गाउँहरूमा झडप जारी रहेको बताए । 

‘हामीले मोडेरग्रामबाट दुई आतंककारी र फ्रिसल चिन्निगामबाट अन्य चार आतंककारीको शव बरामद गरेका छौँ,’ बिर्दीले भने । विवादित क्षेत्रमा आक्रमणको यो पछिल्लो घटना हो । भारत र पाकिस्तान दुवैले मुस्लिम बहुल कस्मिरलाई पूर्ण रूपमा आफ्नो क्षेत्र दाबी गर्छन् र यसको नियन्त्रणका लागि तीनवटा युद्ध लडेका छन् । 

विद्रोही समूहले यस क्षेत्रको स्वतन्त्रता वा पाकिस्तानसँग विलयको माग गर्दै सन् १९८९ देखि विद्रोह गर्दै आएका छन् । द्वन्द्वले दशौँ हजार नागरिक, सैनिक र विद्रोहीहरूको ज्यान लिएको छ ।