Skip This
हेटौँडा–कुलेखानी–फाखेल–हुमाने सडक भोलि दिउँसोबाट खुल्ने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १९ शनिबार
  • Saturday, 05 October, 2024
२o८१ असोज १९ शनिबार १७:३९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

हेटौँडा–कुलेखानी–फाखेल–हुमाने सडक भोलि दिउँसोबाट खुल्ने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज १९ शनिबार १७:३९:oo

गत ११ र १२ असोजको अविरल वर्षापछि आएको बाढीपहिरोले विभिन्न स्थानमा क्षति पुर्याएपछि अवरुद्ध रहेको हेटौँडा–कुलेखानी–फाखेल–हुमाने हुँदै काठमाडौं जोड्ने सडक आइतबार दिउँसोबाट सञ्चालनमा आउने भएको छ।

यस सडकखण्डअन्तर्गत कुलेखानी ड्याममुनि डाइभर्सन निर्माण र महालक्ष्मी खोलाले भत्काएको बाटो मर्मत भएपछि आइतबारबाट सवारीसाधन सञ्चालन हुने भएको हो। 

यातायात पूर्वाधार निर्देशनालय बागमती प्रदेशका निर्देशक पुष्करप्रसाद पोखरेलले फाखेल सडकखण्डमा भएका अवरोध पन्छाउने क्रम अन्तिम चरणमा रहेकाले भोलि आइतबारबाट सडक सञ्चालन आउने बताए।

‘फाखेल सडक खण्ड भोलि दिउँसो १ बजेबाट सञ्चालन गर्ने विषयमा छलफल भएको छ। हामीले तत्काल यातायात सञ्चालनका लागि आवश्यक पूर्वाधारहरू तयार पारेका छौँ, उनले भने, ‘अब कुनै ठूलो समस्या नआए भोलि आइतबार दिउँसोबाट सवारीसाधान निर्वाध सञ्चालन गर्न सकिन्छ ।’

निर्देशक पोखरेलले कुलेखानी ड्याममुनिको पुलको पहँुच मार्ग भत्किएकोभन्दा केही तलबाट डाइभर्सन निर्माण गरेको जानकारी दिए। उनले शनिबार रातिसम्ममा डाइभर्सनको काम पूर्ण रूपमा सकिने बताए। 

यस्तै, माहालक्ष्मी खोलाले बगाएको सडकको सबै ठाउँमा आवश्यकताअनुसार मर्मत र अप्ठ्यारो ठाउँहरूमा डाइभर्सन बनाएर बाटो क्लियर गरेको उनको भनाइ छ।निर्देशक पोखरेलका अनुसार फाखेल सडक भएर शनिबार केही मोटसाइकलहरू सञ्चालनमा आएका छन् भने उक्त सडकखण्डमा फसेका सवारीसाधानहरू समेत गन्तव्यतर्फ लागेका छन्।

यता, कुलेखानी सिस्नेरीतर्फको सडक सञ्चालनका लागि भने सोमबारसम्मै कुर्नुपर्ने उनको भनाइ छ। उक्त सडकखण्डमा बाढीले सडक बगाएका ठाउँमा तत्काल बाटो निर्माण गर्न नसकिने भएपछि खोलाको बाटो भएर सवारीसाधान सञ्चालनको व्यवस्था मिलाउने काम भइरहेको पोखरेलले जानकारी दिए।

कुलेखानी–फाखेल र कुलेखानी–सिस्नेरी सडक खण्डमा भइरहेको काम र यातायात सञ्चालको पूर्वतयारीका विषयमा बुझ्न शनिबार बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री अमन मास्के, मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थप्रसाद चिलुवाल, मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्कालगायतको टोली निरीक्षणको लागि फाखेल महालक्ष्मी पुगेको थियो।