Skip This
नवलपरासीमा माइक्रोबसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १९ शनिबार
  • Saturday, 05 October, 2024
२o८१ असोज १९ शनिबार २२:३१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नवलपरासीमा माइक्रोबसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज १९ शनिबार २२:३१:oo

पश्चिम नवलपरासीमा माइक्रो बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक रेशम बोहराका अनुसार सुनवल– ७ ज्यामिरे चोकमा पूर्वपश्चिम राजमार्गमा लु. १ख ८४५३ नम्बरको माइक्रोबसले लु. ७९प ९१४० नम्बरको मोटरसाइकललाई आज साँझ ठक्कर दिएको हो। 

दुर्घटनामा परी मोटरसाइकलचालक रुपन्देहीको तिलोत्तमा नगरपालिका– १० निवासी ३२ वर्षीय ऋषि लम्तरीको ज्यान गएको हो। उनको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको छ। 

दुर्घटनामा परी मोटरसाइकलको पछाडि सवार २९ वर्षीय विवेक गुरुङ गम्भीर घाइते भएका छन्। उनको भलुही मेडिक कलेज रुपन्देहीमा उपचारको लागि पठाइएको प्रहरीले जनाएको छ। ठक्कर दिने माइक्रोबस र चालक प्रहरी नियन्त्रणमा छन्।