Skip This
विश्वासको मतको विपक्षमा मतदान गर्न कांग्रेसको ह्विप
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २२ शनिबार
  • Saturday, 05 October, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८१ असार २२ शनिबार १७:४२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विश्वासको मतको विपक्षमा मतदान गर्न कांग्रेसको ह्विप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार २२ शनिबार १७:४२:oo

नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विश्वासको मतको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ। प्रमुख सचेतक रमेश लेखकका अनुसार शनिबार नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकले ह्विप जारीसहित चार निर्णय गरेको हो।

कांग्रेसले संविधानको धारा ७६ (२) अनुसार  एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार गठन गर्न सहमति भइसकेको अवस्थाबारे जानकारी गराउँदै विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो। प्रधानमन्त्रीले यही असार २८ गते विश्वासको मत लिँदै छन्।

बैठकले कांग्रेस–एमालेबीचको सहमतिलाई समर्थन गर्दै सहमति कार्यान्वयनको दृढतासमेत व्यक्त गरेको छ।

बैठकले दुई दलबीच राष्ट्रिय हितको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गरी देशमा सुशासन कायम गर्न, विकास निर्माणको अभियानलाई तिव्रता दिन, राजनीतिक स्थिरता कायम गर्न, संविधानको अभ्यासको समीक्षा गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशीतालाई सुदृढ गर्ने गरी संविधान संशोधन गर्न, अर्थतन्त्रलाई बलियो बनाउने उद्देश्यसहित भएको सहमति सकारात्मक भएको उल्लेख गरेको छ।

त्यस्तै, बैठकले अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढीपहिरो, डुबानले नागरिकको जनजीवन कष्टकर भएको उल्लेख गर्दै कांग्रेसका सबै तह र तप्कालाई परिचालित हुन अपिलसमेत गरेको छ।