Skip This
पहिरोका कारण हेटौँडा-काठमाडौं जोड्ने सडक अवरुद्ध
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २३ आइतबार
  • Saturday, 05 October, 2024
२o८१ असार २३ आइतबार १७:o४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पहिरोका कारण हेटौँडा-काठमाडौं जोड्ने सडक अवरुद्ध

कान्तिलोक पथ, दक्षिणकाली र मातातीर्थ-चखेल-देउराली सडकखण्डका ठाउँठाउँमा पहिरो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार २३ आइतबार १७:o४:oo

लगातारको वर्षाले सडकमाथिबाट खसेकाे पहिरोका कारण बागमती प्रदेशको राजधानी हेटौँडा र संघीय राजधानी काठमाडौं जोड्ने तीनवटा मार्गहरू अवरुद्ध भएका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारीअनुसार दुई दिनदेखि परेको वर्षाका कारण कान्ति लोकपथ, दक्षिणकाली सडक खण्ड र मातातीर्थ-चखेल-देउराली सडकखण्ड अवरुद्ध भएको हो। 

भीमफेदी गाउँपालिका वडा नम्बर ८ प्रतापडाँडास्थित कान्ति लोकपथ सडकखण्डमा अविरल वर्षाको कारण माथिबाट पहिरो आई बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ। यस क्षेत्रमा लगातार पानी परिरहेकाले बाटो खुलाउन कठिन भएको प्रहरीको भनाइ छ। 

यस्तै, दक्षिणकाली सडकखण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ छेपारेमा पनि अविरल वर्षाको कारण सडकमाथिबाट पहिरो आई बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ।

यसैगरी, जिल्लाको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ५ स्थित महालक्ष्मी खोलानजिक मातातीर्थ, चखेल र देउराली जाने सडकखण्डमा पहिरो गई बाटो पूर्ण रूपमा बन्द भएको छ। 

अवरुद्ध सडकहरू खुलाउनका लागि सडक विभागसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ।