Skip This
इन्जिनियरिङ परिषद्को परीक्षा तयारीका लागि डिजिटल प्लेटफर्म सार्वजनिक
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २१ शुक्रबार
  • Monday, 08 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असार २१ शुक्रबार १९:२५:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
अर्थ डिजिटल संस्करण

इन्जिनियरिङ परिषद्को परीक्षा तयारीका लागि डिजिटल प्लेटफर्म सार्वजनिक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार २१ शुक्रबार १९:२५:oo

नेपालमा इन्जिनियरिङ परिषद्को परीक्षा तयारीका लागि टिम नेपाल इन्जिनियरिङ लर्निङ सेन्टर प्रालिले टिम नेपाल इन्जिनियरिङ लर्निङ एप र वेब प्लेटफर्म सार्वजनिक गरेको छ । 

यो सेवाले नेपाल इन्जिनियरिङ परिषद्को परीक्षाको तयारी गरिरहेका इन्जिनियर विद्यार्थी लाभान्वित हुने सेन्टरको अपेक्षा छ।

सेन्टरकी कार्यकारी निर्देशक अप्सरा तिम्सिना पौडेलका अनुसार प्लेटफर्ममा नेपाल इन्जिनियरिङ परिषद्को पाठ्यक्रममा समेटिएका विषयअन्तर्गत रहेर विद्यार्थीलाई आवश्यक पाठ्यसामग्री राखिएको छ। त्यसले वास्तविक परीक्षाको सामग्री र ढाँचालाई प्रतिबिम्बित गर्ने प्रस्टीकरणसहितको बहुविकल्पी प्रश्नहरूको डाटाबेसमा पहुँच गर्न सक्ने उनको भनाइ छ।

सो सुविधाले विद्यार्थीको तयारीलाई अझ प्रभावकारी बनाउँदै वास्तविक परीक्षा वातावरणको अनुभव प्रदान गर्ने उनले बताइन्।

सेन्टरकी कार्यकारी निर्देशक पौडेलका अनुसार करिब एक लाख बहुविकल्पी प्रश्नको  डाटाबेसको अतिरिक्त, प्लेटफर्ममा विस्तृत सिद्धान्त खण्डहरू पनि समावेश गरिएका छन्। ‘यी खण्डहरू अध्ययन गर्दा विद्यार्थीले भौतिक पुस्तकबाट पढिरहेको महसुस गर्नेछन्, पाठ्यक्रममा समेटिएका प्रत्येक विषयका लागि गहिरो व्याख्या र सन्दर्भहरू पनि उपलब्ध छन्,’ उनको भनाइ छ, ‘यो दोहोरो अध्ययनको सिद्धान्तले विद्यार्थी बहुविकल्पी प्रश्नहरू अभ्यास गर्ने सीमितताबाट निस्केर ती प्रश्नहरू अन्तर्निहित अवधारणाहरू पनि राम्ररी बुझ्ने अवसर प्राप्त गर्छन्।’

टिम नेपाल इन्जिनियरिङ लर्निङ एप र वेब प्लेटफर्म विद्यार्थीको सहज पहुँचमा रहेको तथा आफ्नो मोबाइल फोन वा ल्यापटपमा इन्टरनेट उपलब्ध जुनसुकै ठाउँबाट विनाअवरोध आफ्नो अध्ययन जारी राख्न सक्ने सेन्टरले जनाएको छ।

‘हाम्रो लक्ष्य एक व्यापक र पहुँचयोग्य सिकाइ सामग्री निर्माण गर्नु हो जसले विद्यार्थीलाई उनीहरूको इन्जिनियरिङ परिषद्को परीक्षा तयारी यात्रामा उपयोगी र निर्विकल्प बन्न सकोस्,’ पौडेलको भनाइ छ, ‘वास्तविक परीक्षा वातावरणको अनुकरण गरेर र विस्तृत सिद्धान्त खण्डहरू प्रदान गरेर, उनीहरूको बुझाइ बढाउन र उनीहरूको आत्मविश्वास बढाउने लक्ष्य हाम्रो छ।’

विभिन्न डिजिटल डिभाइसको प्रयोगले पढ्न सकिने यस लर्निङ प्लाटफर्म र यसभित्र उपलब्ध पाठ्यसामग्री एवं पढ्ने प्रक्रियाको विविधताले यसलाई नेपाल इन्जिनियरिङ परिषद्को परीक्षा उत्तीर्ण गर्ने इच्छुक इन्जिनियरहरूका लागि उपयुक्त र पर्याप्त हुने सेन्टरले दाबी गरेको छ।

ad
ad
ad
ad