Skip This
निलम्बित महामन्त्री ढकालको प्रतिवेदन सार्वजनिक (पूर्णपाठसहित)
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २० बिहीबार
  • Sunday, 07 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असार २० बिहीबार १८:४६:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

निलम्बित महामन्त्री ढकालको प्रतिवेदन सार्वजनिक (पूर्णपाठसहित)

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार २० बिहीबार १८:४६:oo

राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री डा. मुकुल ढकालको समीक्षा प्रतिवेदन सार्वजनिक भएको छ। पार्टीका सहप्रवक्ता मनीष झाले बिहीबार दिउँसो प्रतिवेदन सार्वजनिक गरेका हुन्।

केन्द्रीय सचिवालयको निर्णयअनुसार ६ जेठदेखि एक महिना अवधिमा ३८ जिल्ला पुगेर ढकालले प्रतिवेदन तयार पारेका थिए। १२ असारमा पार्टी सभापति रवि लामिछानेलाई प्रतिवेदन बुझाउँदै सार्वजनिक गर्न माग गरेका थिए।

प्रतिवेदनका केही अंश पहिले नै मिडियामा सार्वजनिक गरेको भन्दै केन्द्रीय अनुशासन आयोगले महामन्त्री ढकाललाई १४ असारमा स्पष्टीकरणसमेत सोधेको थियो।

बुधबार केन्द्रीय समितिमा पेस भएको प्रतिवेदनमा सदस्यहरूले धारणा राखेपछि बिहीबार सार्वजनिक गरिएको हो। ढकालले केन्द्रीय समिति प्रत्यक्ष प्रसारण गरेर प्रतिवेदन प्रस्तुत गर्नुपर्ने माग राखेका थिए। यसलाई केन्द्रीय समितिले अस्वीकृत गरेपछि अभिव्यक्ति स्वतन्त्रता हनन भएको भन्दै उनी मुखमा टेप टाँसेर बसेका थिए।

यो विषयलाई अनुशासनको दायरामा ल्याएर केन्द्रीय समितिले महामन्त्री ढकाललाई बुधबारबाटै लागू हुने गरी सात दिनका लागि पदबाट निलम्बन गरेको छ।

ढकालको प्रतिवेदनमा राष्ट्रिय स्वतन्त्र पार्टीको मर्म हराएको, अन्य पार्टीभन्दा फरक हुन नसकेको, पुराना शक्तिसँगै सम्झौता गरेर अगाडि बढेको, सांसददेखि मन्त्रीसम्मको भूमिका कमजोर भएको भनेर निर्मम समीक्षा गरिएको छ। 

प्रतिवेदनमा प्रदेश संरचना खारेजी, बलियो स्थानीय सरकार, प्रत्यक्ष निर्वाचित कार्यकारीदेखि प्रशासन सुधार र पार्टीले संशोधन गर्नुपर्ने एजेन्डाहरूको बारेमा पनि औँल्याइएको छ। पार्टीको जनमत खस्किँदै गएको र निर्मम कदम नचाले ०८४ मा राष्ट्रिय पार्टी बन्न हम्मे पर्ने र विवेकशील पार्टीजस्तै हालत बन्ने भन्दै सचेत पनि गराएका छन्।

ढकालले पुराना दलभन्दा स्वतन्त्रहरूसँग सहकार्यको हात बढाउनु रास्वपाको हितमा रहेको प्रतिवेदनमा उल्लेख गरेका छन्। उनले स्वतन्त्र मेयरहरू बालेन्द्र शाह, गोपी हमाल, हर्क साम्पाङको नाम उल्लेख गरेर सहकार्य जरुरी भएको औँल्याएका छन्।

हेर्नुहोस् प्रतिवेदनको पूर्णपाठ :

प्रतिवेदनको अनुसूची :

ad
ad
ad
ad