१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २० बिहीबार
  • Saturday, 06 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असार २० बिहीबार o८:४२:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
खेलकुद प्रिन्ट संस्करण

दीपेन्द्रको टी–२० अलराउन्ड वरीयता यथावत्

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असार २० बिहीबार o८:४२:oo

टी–२० अलराउन्डर वरीयतामा सातौँ स्थान यथावत् राख्दै नेपालका दीपेन्द्रसिंह ऐरीले इंग्ल्यान्डका लियाम लिभिङस्टोन, दक्षिण अफ्रिकाका कप्तान एडेन माक्राम तथा इंग्ल्यान्डका मोइन अलीलाई पछि पारे

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले नवौँ संस्करणको टी–२० विश्वकप क्रिकेटलगत्तै बुधबार सबै विधाका वरीयता सार्वजनिक गरेको छ । जुलाईको वरीयतामा नेपालका दीपेन्द्रसिंह ऐरी टी–२० वरीयताको अलराउन्डरमा सातौँ स्थानमा यथावत् छन् । अमेरिका र वेस्ट इन्डिजले संयुक्त रूपमा आयोजना गरेको टी–२० विश्वकपमा गतिलो प्रदर्शन गर्न नसकेका दीपेन्द्रले १९९ रेटिङ अंक पाएका छन् । 

भारतलाई दोस्रोपटक टी–२० विश्वकप दिलाउन प्रमुख भूमिका निर्वाह गरेका हार्दिक पाण्ड्या शीर्ष स्थानमा उक्लेका छन् । उनले सर्वाधिक २२२ रेटिङ पाएका छन् । श्रीलंकाका वानिन्दु हसरंगाले पनि २२२ रेटिङ पाए । तर, प्रतिस्पर्धामा प्राप्त अंकमा उनी हार्दिकभन्दा पछि परे । नेपालका दीपेन्द्रसिंहले टी–२० अलराउन्डर वरीयतामा इंग्ल्यान्डका लिआम लिभिङस्टोन, दक्षिण अफ्रिकाका कप्तान एडेन माक्राम तथा इंग्ल्यान्डका मोइन अलीलाई पछि पारे । टी–२० वरीयतामा नेपालका कुशल मल्ल ३६औँ स्थानमा छन् । उनले ९२ रेटिङ अंक पाए । उनले पाकिस्तानका मोहमद नवाज तथा अफगानिस्तानका अजमुतुल्लाह ओमाजाईलाई पछि परे । 

यस विधामा नेपालका कप्तान रोहितकुमार पौडेल पनि ५४औँ स्थानमा रहे । उनको स्थान परिवर्तन भएको छैन । टी–२० विश्वकपमा आशाविपरीत प्रदर्शन गरेका रोहितले ७० रेटिङ पाए । नेपालका गुल्सन झा ७०औँ र ओपनर कुशल भुर्तेल ७१औँ स्थानमा रहे । यसैगरी, करण केसी जुलाईको टी–२० अलराउन्डर वरीयतामा ७५औँ स्थानमा रहे । आइसिसी टी–२० टिम वरीयतामा नेपाल १७औँ स्थानमै रहेको छ । टी–२० विश्वकपको समूह चरणबाटै बाहिरिएको नेपालले ३९ अंक पाएको छ । नेपाल एकदिवसीय वरीयतामा दुई स्थान झरेको छ । ३१ रेटिङ बटुलेको नेपाल १७औँ स्थानमा पुगेको छ । नेपालभन्दा एक स्थानमाथि नामिबिया र एक स्थान तल ओमान रहेका छन् । 

टी–२० ब्याटिङमा पनि दीपेन्द्र अगाडि
आइसिसीको टी–२० ब्याटिङ वरीयतामा पनि दीपेन्द्रसिंह अन्य नेपाली खेलाडीभन्दा अगाडि छन् । उनी ताजा वरीयताअनुसार ४६औँ स्थानमा छन् । उनले ५०२ रेटिङ अंक पाए । उनले यो अंक विश्वकपअन्तर्गत बंगलादेशविरुद्ध प्राप्त गरेका हुन् । दीपेन्द्रसिंहभन्दा एक स्थान अगाडि अस्ट्रेलियाका मार्कोस स्टोनिस छन् । आयरल्यान्डका पाउल स्ट्रलिङ दीपेन्द्रसिंहभन्दा एक स्थानले पछि परे । यसैगरी, कप्तान रोहित ६१औँ स्थानमै रहे । उनले भारतका हार्दिक पाण्ड्यालाई एक स्थानले पछि पारे । 

रोहितले ४६० रेटिङ र पाण्ड्याले ४५९ रेटिङ पाए । यसैगरी नेपालका आसिफ शेखले एक स्थान गुमाएका छन् । उनी अहिले ७१औँ स्थानमा छन् । उनीभन्दा एक स्थानअगाडि अस्ट्रेलियाका म्याथ्यु वाडे रहे । टी–२० ब्याटिङमा अस्ट्रेलियाका ट्रेभिस हेड ८४४ रेटिङ अंकका साथ शीर्ष स्थानमा छन् । 

यसैगरी, आइसिसी टी–२० बलिङ वरियतामा फास्ट बलर सोमपाल कामीले एक स्थान गुमाउँदा ९२औँ स्थानमा रहे । उनले ४१० रेटिङ पाए । दीपेन्द्रसिंह ९७औँ स्थानमा यथावत् रहे ।

ad
ad
ad
ad