१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २० बिहीबार
  • Saturday, 06 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असार २० बिहीबार o८:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अन्तर्वार्ता प्रिन्ट संस्करण

भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी नरेन्द्रप्रसाद चौधरीलाई तीन प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असार २० बिहीबार o८:४६:oo

भन्सारका यार्डभरि गाडी देखिन्छन् ? गाडी भन्सार जाँचपास नगरी किन यार्डमा नै थन्क्याएर राखिएका हुन् ? 
भैरहवा भन्सारबाट त थोरै संख्यामा भए पनि दिनदिनै गाडी जाँचपास भएर गइरहेकै छन् । दिनको १०–१५ वटा मुख्य गरी साना सवारीसाधन जाँचपास भएर गइरहेका छन् । जेठ १५ अघि पनि थुप्रैको संख्यामा जाँचपास भएका थिए । इभी मात्रै होइन, पेट्रोल गाडी पनि जाँचपास भएका छन् । माग कम भएर होला हुनुपर्ने जति संख्यामा भने जाँचपास भइरहेका छैनन् । पार्टीले आर्थिक समस्या भएर लैजान नसकेका हुन सक्छन् । 

गत वर्ष कमर्सियल गाडी धेरै थन्किएका देखिन्थे । अहिले यस्ता गाडीकोे जाँचपास बढ्न थालेको हो ? भैरहवाको अवस्था के हो ? 
भैरहवा भन्सारबाट आउने स्कुल बस, मिनी बस र पिकअप त जाँचपास भएर गइरहेकै छन् । ट्रकलगायत ठूला सवारी वीरगन्ज भन्सारबाट भित्रिन्छन् । कमर्सियल गाडी पनि जुन संख्यामा जाँचपास हुनुपर्ने हो, त्यो संख्यामा भने भइरहेका छैनन् । 

यार्डमा थन्किएकामा महँगा प्यासेन्जर कारको संख्या धेरै देखिन्छ, किन होला ? 
यसको पनि मुख्य कारण माग र ‘फाइनान्सियल’ नै हो । आर्थिक कारण अधिकृत एजेन्सीले नलगेका होलान् । हामीले आयातकर्ताका अधिकृत एजेन्सीलाई लैजान ताकेता गरिरहेकै छौँ । राजस्व लक्ष्यका कारण पनि हामीले गाडी छुटाउने एजेन्टलाई प्रेसर गरिरहेका छौँ । उहाँहरूबाट माग भएर पैसा नआउँदासम्म लैजान सक्ने अवस्था नभएको जवाफ पाउने गरेका छौँ । यस्ता गाडीको पनि जाँचपास हुँदै नभएको त होइन, तर नगण्य संख्यामा मात्र भइरहेको छ । 

ad
ad
ad
ad