१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १८ मंगलबार
  • Thursday, 04 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असार १८ मंगलबार o८:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अन्तर्वार्ता प्रिन्ट संस्करण

युवा संघ नेपालका अध्यक्ष कृष्ण विकलाई तीन प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असार १८ मंगलबार o८:२७:oo

एकीकृत समाजवादीको महाधिवेशनले कस्तो नीति लिन्छ ?
आमरूपमा समाजवादी क्रान्तिको बाटोमा जाने भन्ने हिसाबले दस्ताबेज सर्वसम्मत रूपमा आएको छ । विभिन्न दस्ताबेज महाधिवेशन हलमा प्रस्तुत भएका छन् । अब तिनमा छलफल गरेर पारित गर्न बाँकी छ ।

नीतिमा जस्तै नेतृत्वमा पनि सहमति हुन्छ कि प्रतिस्पर्धा ?
अहिले खासगरी अध्यक्ष, सम्मानित नेता र महासचिवले सहमति असाध्यै राम्रो तर आफ्नै नाममा, भनिरहेको अवस्था छ । हामी महाधिवेशन प्रतिनिधि पनि सक्दो सर्वसम्मत बनाएर जानुपर्छ भन्नेमै छौँ । सर्वसम्मत नयाँ पुस्तामै हुन्छ भन्ने छ । आमट्रेन्ड जस्तो छ हाम्रो पार्टी पनि त्यहीअनुसार चल्छ । अहिले ४० वर्षमुनिका युवाले पुराना पुस्तालाई विस्थापित गर्दै आएका शृंखला देखिन्छन् । अहिले आममानिसले हाम्रो महाधिवेशनबाट विचारमा जसरी नै नेतृत्वमा पनि नयाँपन आउँछ कि आउँदैन भनेर हेरिरहेका छन् । नेतृत्व अहिलेको आवश्यकता या ट्रेन्डका आधारमा चयन गर्नुपर्छ भन्ने हिसाबले प्रतिनिधिहरूको बुझाइ छ । 

पार्टीको नेतृत्व नयाँ पुस्तामै जानुपर्छ भन्नुभएको हो ?
पुस्ताका हिसाबले त्यस्तो पनि होइन । एउटा पुस्ता विस्थापन गरेर अर्को पुस्ता आउने भन्ने कुरा पनि होइन । तर, कुरो के हो भने अहिलेका हाम्रा दुई शीर्ष नेताले देशलाई, आन्दोलनलाई दिन बाँकी केही पनि छैन । आन्दोलन, क्रान्ति र देशले पनि उहाँहरूलाई दिन बाँकी केही छैन । त्यसकारण उहाँहरू अब सम्मानित भएर, विचारका नेता भएर युवा पुस्तालाई कम्युनिस्ट आन्दोलन पढाएर बस्नुपर्छ । सरसल्लाह दिने, पार्टीले गलत बाटो लिन लाग्यो भने सच्याउन सुझाव दिने भूमिकामा अब उहाँहरू रहनुपर्छ । र, अब हामी पार्टी चलाउन तयार भयौँ भन्ने पुस्तालाई पार्टी सुम्पन तयार हुनुपर्छ ।

ad
ad
ad
ad