१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २० बिहीबार
  • Saturday, 06 July, 2024
२o८१ असार २० बिहीबार o९:२८:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

थोत्रा कपडा रहेको शंकास्पद सुटकेसका कारण धादिङबेँसी बजार पाँच घण्टा सिल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार २० बिहीबार o९:२८:oo

धादिङको सदरमुकाम धादिङबेँसी बीचबजारमा पार्किङ गरिराखेको कारभित्र फेला परेको शंकास्पद वस्तु नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको छ । करिब पाँच घण्टापछि नेपाली सेनाको विज्ञ टोलीले सुटकेस खोलेर हेर्दा थोत्रा कपडा, सुर्ती, चिजबलका पोकाहरू भेटिएको हो ।

धादिङको नीलकण्ठ नगरपालिका– ३ बीचबजारमा पार्किङ गरिराखेको बा.१६च ९१७२ नम्बरको त्रिपुरा पुस्तक पसलका सञ्चालक नारायणकुमार श्रेष्ठको गाडीमा अपरिचित व्यक्तिले शंकास्पद वस्तु राखिदिएका हुन् । अज्ञात व्यक्तिले कारभित्र सुटकेस राखेर हिँडेपछि दिउँसो करिब ३ बजेदेखि पाँच घण्टा सदरमुकामवासीमा त्रास फैलिएको थियो । शंकास्पद वस्तु फेला परेपछि धादिङबेँसीको बीचबजार चोकको कार पार्किङ गरिएको आसपास क्षेत्र सिल गरिएको थियो । 

कारमा शंकास्पद वस्तु राख्ने एकजनालाई सिसिटिभी फुटेजका आधारमा प्रहरीले मलेखुनजिकै फुर्खेखोलाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले बताए । ‘पक्राउ पर्नेमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका– ४ का ३० वर्षीय सुनील तिमल्सिना हुन् । उनले छिनछिनमै फरकफरक कुरा गरेका कारण किन त्यस्तो गरेको हाे खुल्न सकेको छैन । झोलामा भएको शंकास्पद वस्तुको विषयमा थप अनुसन्धान भइरहेको छ,’ उनले भने ।  
 

ad
ad
ad
ad