१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २० बिहीबार
  • Saturday, 06 July, 2024
२o८१ असार २० बिहीबार o९:३६:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

ग्रेड वृद्धिको तयारी कक्षा चलाउन उपमहानगरले अनुदान दिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार २० बिहीबार o९:३६:oo

धनगढी उपमहानगरपालिकाले एसइईको ग्रेड वृद्धि परीक्षा दिने विद्यार्थीलाई लक्षित गरेर तयारी कक्षा सञ्चालन गर्नका लागि विद्यालयलाई अनुदान दिने भएको छ । गणित र विज्ञान विषयको तयारी कक्षा सञ्चालन गर्न विद्यालयलाई अनुदान दिने निर्णय उपमहानगरले गरेको हो । 

तयारी कक्षा चलाउन धनगढीका २६ वटा सामुदायिक विद्यालयलाई अनुदान दिने निर्णय भएको प्रमुख प्रशासकीय प्रमुख नरेन्द्रबहादुर खातीले जानकारी दिए । उनले गणित र विज्ञान विषयमा नन् ग्रेड आएका विद्यार्थीलाई लक्षित गरेर विद्यालयमा तयारी कक्षा सञ्चालन हुने बताए । विद्यालयलाई विद्यार्थी संख्या र पिरियडको आधारमा अनुदान उपलब्ध गराइने उपमहानगरले जनाएको छ ।

ग्रेड वृद्धि दिने विद्यार्थीलाई परीक्षामा ग्रेड बढाउन सहज होस् भनेर हरेक विद्यालयले शिक्षकलाई प्रोत्साहनस्वरूप भत्ता दिन मिल्ने हिसाबले अनुदान निकासा गरिने खातीले बताए । गणित र विज्ञान विषय पढ्न चाहने विद्यार्थीको संख्या पठाउन विद्यालयलाई सहज होस् भनेर उपमहानगरपालिकाले क्युआर कोडसमेत सार्वजनिक गरेको छ । २३ साउनदेखि ग्रेड वृद्धि परीक्षा सञ्चालन हुनेछ । 
 

ad
ad
ad
ad