१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १७ सोमबार
  • Wednesday, 03 July, 2024
२o८१ असार १७ सोमबार १२:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

शिक्षकबाटै छात्रा बलात्कृत, १३ वर्षीया बालिकाको पेटमा पाँच महिनाको गर्भ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार १७ सोमबार १२:४६:oo

१३ वर्षीया छात्रालाई बलात्कार गरेकाे आरोपमा पक्राउ परेका हलेसी तुवाचुङ नगरपालिका– ११ का शिक्षक शम्भुप्रसाद घिमिरेविरुद्ध जिल्ला प्रहरी कार्यालय खोटाङले जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता गरेको छ। 

छात्रालाई पटकपटक बलात्कार गरी गर्भवती बनाएको अभियाेगमा पक्राउ परेका ५८ वर्षीय शिक्षक घिमिरेविरुद्ध आइतबार मुद्दा दर्ता गरी हिरासतमा राखेर कारबाहीको प्रक्रिया सुरु गरिएको हो। बालिका गर्भवती भएको थाहा पाएपछि आफन्तले दिएको उजुरीका आधारमा पक्राउ गरी कारबाहीको प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिए।

‘आफ्नै शिक्षकले बलात्कार गरेपछि बालिकाको गर्भमा बच्चा बसेको रहेछ। बच्चा हुर्कँदै गएपछि आफन्तले सोधिखोजी गर्दा आफ्नै विद्यालयमा कार्यरत शिक्षकले पटकपटक बलात्कार गरेको बताएकी रहिछन्,’ उनले भने, ‘अनुसन्धानका लागि पक्राउ गरिएका शिक्षकविरुद्ध जबर्जस्ती करणी उद्योगको मुद्दा दर्ता गरिएको छ।’

मुद्दा दर्ता गरेलगत्तै आइतबार जिल्ला अदालत खोटाङमा हाजिर गराएर पाँच दिनको म्याद थप गरी प्रहरी हिरासतमा राखेर कारबाहीको प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए।

बालिकालाई गत पुसदेखि लगातार बलात्कार गरेर पाँच महिनाको गर्भवती बनाएको आरोपसहित प्रहरीमा जाहेरी परेपछि प्रहरीले शिक्षक घिमिरेलाई शनिबार नै पक्राउ गरेको थियो। बलात्कार आरोपमा शिक्षकलाई पक्राउ गरिएलगत्तै बालिकालाई शनिबार नै उद्धार गरिएको प्रनाउ खड्काले जानकारी दिए।

उपचारका लागि जिल्ला अस्पताल दिक्तेलमा भर्ना गरिएकी बालिकाको उपचार सम्भव नभएपछि अस्पतालले आइतबार रिफर गरेको छ। बालिकाको पेटमा पाँच महिनाको बच्चा रहेको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरूले बताएका छन्। अस्पतालले रिफर गरेपछि आफन्तको जिम्मा लगाएर थप उपचारका लागि सुविधासम्पन्न अस्पताल पठाउने तयारी गरिएको प्रनाउ खड्काले बताए। बालिकालाई सोमबार थप उपचारका लागि राजधानी काठमाडौं लैजाने तयारी गरिएको छ।
 

ad
ad
ad
ad