१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १९ बुधबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असार १९ बुधबार १२:o३:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

मानसिक उपचारमा संगीतको प्रयोग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असार १९ बुधबार १२:o३:oo

संगीत सुन्नुको बेग्लै आनन्द छ । यसले मनोरञ्जनसँगै धेरै स्वास्थ्य फाइदा पनि दिने अनुसन्धानले देखाएका छन् । संगीतले मस्तिष्कलाई आराम राख्छ । शरीरलाई ऊर्जा दिन्छ र केही अनुसन्धानका अनुसार मानिसलाई उनीहरूको पीडा व्यवस्थापन गर्नसमेत सहयोग गर्छ । यसले मानिसका भावना, विचार र व्यवहारलाई प्रभावित गरिरहेको हुन्छ । त्यहीकारण मुड फ्रेस गर्नका लागि आफूलाई मन पर्ने संगीत सुन्नु राम्रो हुन्छ । चिकित्साशास्त्रमा मानिसको भावनात्मक स्वास्थ्यलाई प्रवर्द्धन गर्न, बिरामीलाई तनावबाट बाहिर निकाल्न संगीत थेरापीको प्रयोग पनि गर्ने गरिएको छ ।

प्राकृतिक चिकित्सक डिबी सुनुवार भन्छन्, ‘बाल, जवान र वृद्ध सबैलाई संगीतको धुन मन पर्छ । बाल्यवस्थामा बालसंगीत, जवानलाई मायाप्रीतिका र बुढाबुढीलाई भक्ति–भजन मन पर्ने गर्छ । हरेकले कुनै न कुनै रूपले यसबाट फाइदा लिइरहेका हुन्छन् । संगीतले हाम्रो स्वास्थ्यमा गहिरो सम्बन्ध स्थापित गरेको हुन्छ । आफ्नो इच्छाअनुसारको संगीत सुनेर धेरै रोगको उपचार गर्न सकिन्छ ।’उनी थप्छन्, ‘मानिसको जीवनमा पर्ने प्रतिकूल असरलाई पनि संगीतमार्फत गर्न सकिन्छ । संगीत चिकित्सा शारीरिकभन्दा पनि मानसिक बिरामीका लागि बढी लाभदायक हुन्छ । संगीतमा मनको हरेक भागलाई स्पन्दित गर्ने अथाह शक्ति भएकाले मानसिक रोगी उत्साही वा आनन्दित हुन्छन् ।’

केही अध्ययन 

- विश्वचर्चित गायक बब मार्लीले भनेका थिए, ‘जब संगीतले हान्छ, तब तपाई पीडा महसुस गर्नुहुन्न ।’ वैज्ञानिक अध्ययनले पनि संगीतले पीडा कम गर्ने देखाएका छन् । २०१५ मा बेलायतको ब्रुनल विश्वविद्यालयले गरेको एक अध्ययनअनुसार शल्यक्रिया गरेका बिरामीमा पीडा र एन्जाइटी घटाउन संगीत सहयोगी देखिएको थियो । 

- मार्च २०१४ मा डेनमार्कमा गरिएको अध्ययनले फाइब्रोमाइयल्जा – मांसपेशी, जोर्नी दुख्ने र थकाउन उत्पन्न गराउने डिसअर्डर) भएका बिरामीमा संगीत लाभदायी देखिएको निष्कर्ष निकालेको थियो । सन् २०१३ मा बेलायतको ग्रेट अर्मन्ड स्ट्रिट हस्पिटलमा बालबालिकामा गरिएको अध्ययनले संगीतले तनाव घटाउने निष्कर्ष निकालेको थियो । 

यस्ता छन् संगीत चिकित्साका फाइदा 

संगीत चिकित्साको प्रयोगबाट टाउको दुखाइ, रुघाखोकी, मानसिक तनाव, मनोरोग आदिको उपचार हुन्छ । यस चिकित्साका माध्यमबाट पिट्युटरी ग्रन्थिलाई उत्प्रेरित गर्न सकिने भएकाले शरीरका कोषिकामा हुने कम्पनले बिरामीको समस्यामा सुधार ल्याउँछ । संगीत चिकित्सामा शारीरिक तथा मानसिक दुवै पक्षमा सकारात्मक प्रभाव पार्ने शक्ति भएका कारण रोगीको रुचिअनुसारको संगीत सुनाएर दुवैखाले शारीरिक तथा मानसिक समस्या समाधान गर्न सकिन्छ ।

- संगीतमा सात स्वर हुन्छन् । यिनै सात स्वरको सम्मिश्रणबाट सबै प्रकारका रागको निर्माण हुन्छ । यसबाट शरीर र मन स्वस्थ रहन्छ । यी सात स्वरमा सा, रे, ग, म, प, ध, नि पर्छन् । हारमोनियम, गिटार, सारंगी, बा“सुरीजस्ता प्रायः वाद्यवादनमा यिनै स्वरका आधारमा संगीत सिर्जना गरिन्छ । गीतले त्यतिवेला पूर्णता प्राप्त गर्छ, जतिवेला त्यसले संगीतको सहारा पाउ“छ । संगीत विभिन्न समयमा मानिसले मुड स्वस्थ बनाइराख्न प्रयोग गरिरहेका हुन्छन् ।

मानवताको सुन्दर अभिव्यक्ति
संगीत मानवताको सुन्दर अभिव्यक्ति हो । यो यस्तो कुरा हो, जसले हामी सबैलाई छुन्छ । सबै संस्कृतिका मानिसले संगीतलाई जोड्छ । यसको भाषा विश्वव्यापी छ । यसले कल्पनाशक्ति बढाउँछ । समूहमा बसेर अभ्यास गरिने भएकाले यसले सामाजिक बनाउँछ । यो एक किसिमको ध्यान पनि हो । संगीतमा लाग्ने मानिस खुसी छन् । संगीतमा लाग्नेहरूले अरूका कुरा ध्यानपूर्वक पनि सुन्छन् । यसले शान्ति दिलाउँछ । इतिहासलाई संगीतमार्फत पनि अभिव्यक्ति गर्न सकिन्छ । कुन संगीत सुन्दा कुन युग वा कालखण्डको हो भनेर बुझ्न सकिन्छ । 

ad
ad
ad
ad