१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १९ बुधबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असार १९ बुधबार ११:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

सांसद ढकालले भेटे मलेसियाका सभामुख, नेपाल भ्रमणको निम्तो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार १९ बुधबार ११:४४:oo

प्रतिनिधिसभा सदस्य एकनाथ ढकालले मित्रराष्ट्र मलेसियाको प्रतिनिधिसभाका सभामुख जोहरी बिन अब्दुलसँग शिष्टाचार भेट गरेका छन् । मलेसियन संसद् भवनमा बुधबार भएको भेटमा सांसद ढकालले संसदीय कूटनीतिमार्फत नेपाल र मलेसियाबीचको मैत्रीपूर्ण सम्बन्ध थप उचाइमा पुर्‍याउनुपर्ने धारणा राखेका थिए । 

सांसद ढकालले नेपालको प्रतिनिधिसभाका सभामुख देवराज घिमिरिको तर्फवाट मलेसियन सभामुखलाई शुभकामना दिँदै उपयुक्त समयमा नेपालको मैत्रीपूर्ण भ्रमणको लागि आग्रह गरे । मलेसियन सभामुख जोहरीले मलेसियाले नेपालसँगको मैत्रीपूर्ण सम्बन्धलाई उच्च महत्त्वमा राखेको बताउँदै अनुकूल समयमा नेपालको भ्रमण गर्ने प्रतिबद्धता जनाए । 

सांसद ढकालले मलेसियामा ठूलो संख्यामा रहेका नेपालीहरूको हितको आवश्यक पहल र सदभावका लागि सभामुख जोहरीसँग आग्रह पनि गरे । भेटमा आपसी सम्बन्ध तथा क्षेत्रीय स्तरमा शान्ति र सहकार्यका लागि अन्तर-संसदीय पहलकदमी अघि बढाउने र नेपाल–मलेसियाका जनप्रतिनिधिबीच निरन्तर  संवाद विस्तार गर्ने विषयमा पनि छलफल भएको ढकालले जानकारी दिए । पूर्वमन्त्रीसमेत रहेका ढकाल मलेसियाको तीनदिने मैत्रीपूर्ण भ्रमणमा छन् ।
 

ad
ad
ad
ad