१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १५ शनिबार
  • Monday, 01 July, 2024
जिल्ला ब्युरो नयाँ पत्रिका
२o८१ असार १५ शनिबार o८:१३:oo
Read Time : > 5 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

एसइईमा कुन जिल्लामा कति विद्यालयको नतिजा शून्य ? 

Read Time : > 5 मिनेट
जिल्ला ब्युरो, नयाँ पत्रिका
नयाँ पत्रिका
२o८१ असार १५ शनिबार o८:१३:oo

माध्यमिक शिक्षा परीक्षा (एसइई)मा सामुदायिक विद्यालयको नतिजा कमजोर देखिएको छ । राष्ट्रिय परीक्षा बोर्डको तथ्यांकअनुसार दर्जनौँ जिल्लाका कयौँ विद्यालयको नतिजा शून्य छ । अर्थात् ती विद्यालयको शतप्रतिशत नतिजा एनजी छ । 

कैलालीमा एउटा निजीसहित १५ विद्यालयको नतिजा शून्य
कैलालीमा १४ सामुदायिक र एउटा निजी गरी १५ विद्यालयको नजिता शून्य आएको छ । कैलारी गाउँपालिका घुँइयाघाटको राष्ट्रिय मावि, गोदावरी नगरपालिका कोल्मुडाको दुर्गा मावि, चुरे गाउँपालिकामा रहेका जनता मावि, जनता मावि, भगवती मावि तथा टीकापुर नगरपालिकामा रहेका राष्ट्रिय मावि र त्रिभुवन माविको नतिजा शून्य छ । यी विद्यालयबाट क्रमश: ३५, ४९, ३६, २१, १६, २३ र २६ जना विद्यार्थी एसइईमा सहभागी भएका थिए । 

त्यस्तै, भजनी नगरपालिकाको सरस्वती मावि, महेन्द्र मावि, राष्ट्रिय मावि, राष्ट्रिय मावि धुुसी र राष्ट्रिय मावि पल्टुपुरको नतिजा पनि शून्य आएको शिक्षा विकास तथा समन्वय इकाइ कैलालीका अधिकृत प्रतापसिंह धामीले जानकारी दिए । यी विद्यालयबाट क्रमश: २४, ३१, २४, २० र ३२ जना विद्यार्थी परीक्षामा सहभागी थिए । मोहन्याल गाउँपालिकाको भैरवमाला मावि र मोहन्याल माविको नजिता पनि शून्य आएको छ । भैरवमालाबाट २२ र मोहन्यालबाट २६ जनाले एसइई दिएका थिए । टीकापुरको संस्थागत विद्यालय सगुन एकेडेमीको नतिजा पनि शूल्य आएको जिल्ला शिक्षा समन्वय इकाइले जनाएको छ । यो विद्यालयबाट आठ विद्यार्थी एसइईमा सहभागी भएका थिए ।

चितवनमा चार सामुदायिक विद्यालयको नतिजा शून्य
चितवनमा चार सामुदायिक विद्यालयको एसइई नतिजा शून्य आएको छ । इच्छाकामनाका तीन र चेपाङ मात्र पढ्ने राप्ती नगरपालिकाको गणेश माविको नतिजा शून्य आएको हो । २० जना चेपाङ समुदायका विद्यार्थी एसइईमा सहभागी थिए । 

इच्छाकामना– २ को जनप्रिय मावि, ३ को माझगाउँ मावि र ६ को श्री माविबाट एसइई दिएका कुनै पनि विद्यार्थी उत्तीर्ण भएका छैनन् । जनप्रियबाट १३, श्री माविबाट १३ र माझगाउँ माविबाट १६ जनाले एसइई दिएका थिए । 

इच्छाकामनाका आठवटा सामुदायिक विद्यालयका ३०८ जनाले एसइई दिएकामा ३८ जना मात्रै उत्तीर्ण भएका छन् । इच्छाकामनाको धेरैजसो भूभाग पहाडी क्षेत्रमा पर्छ । बजार क्षेत्रमा रहेका दुई ठूला स्कुलको नतिजा पनि सामान्य छ । गाउँपालिकाको शिक्षा शाखाबाट प्राप्त विवरणअनुसार राजमार्गआडको इच्छाकामना गाउँपालिका– ४ कुरिनटारको सर्वशान्ति माविबाट ११२ ले एसइई दिएकामा २२ जना उत्तीर्ण भए । वडा नम्बर ४ मुग्लिनको त्रिवेणी बराह माविबाट ५२ जना सहभागी भएकामा दुईजना मात्रै एसइई उत्तीर्ण भएका छन् ।

रुपन्देहीमा चार विद्यालयको नतिजा शून्य
रुपन्देहीमा मदरसासहित चार सामुदायिक विद्यालयको नतिजा शून्य आएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिकाका आमा मावि र अमरविन खताव मदरसा, सैनामैना नगरपालिकाको सालझण्डी मावि र ओमसतिया गाउँपालिकाको दशरथ जनता माविको नतिजा शून्य छ । दशरथका २८, आमा माविबाट १०२, उमरविन खताबबाट १७, सालझण्डीबाट ६६ ले एसइई दिएका थिए ।

संखुवासभाका तीन विद्यालय निल
संखुवासभाका तीन विद्यालयको नतिजा निल छ । मकालु गाउँपालिकाको हिमालय मावि, सिलिचोङ गाउँपालिकाको बाला मावि र सभापोखरी गाउँपालिकामा रहेको हिम माविको नतिजा शून्य छ ।

संखुवासभाका ७३ वटा मावि र एउटा खुला विद्यालयका २ हजार ६६८ ले परीक्षा दिएकामा २४.६० प्रतिशत मात्र उत्तीर्ण भएका छन् । खाँदबारीमा रहेको हिमालय माविका अनुप घिमिरे ३.९१ जिपिए ल्याएर जिल्लामै प्रथम बनेका छन् । 

बर्दियामा सात विद्यालयको नतिजा शून्य 
बर्दियामा सातवटा विद्यालयको एसइई नतिजा शून्य छ । बाँसगढी नगरपालिकाको जनता मावि, लक्ष्मी मावि, जनता मावि, पृथ्वी माविको नतिजा शून्य छ । त्यस्तै, बढैयाताल गाउँपालिकाको जगदम्बिका मावि, बारबर्दिया नगरपालिकाको अमर सहिद दशरथ चन्द मावि र गेरुवा गाउँपालिकाको नेपाल राष्ट्रिय गणेश माविको नतिजा शून्य छ ।

एक विद्यार्थी मात्र उत्तीर्ण हुने विद्यालय आठवटा रहेका छन् । बढैयाताल गाउँपालिकाको नेरा मावि, अमरज्योति मावि र सरस्वती माविबाट एक–एक विद्यार्थी उत्तीर्ण भएका छन् । गुलरिया नगरपालिकाको जानकी मावि र नेरा माविबाट पनि एक–एकजना पास भए । बारबर्दिया नगरपालिकाको सिम्हा मावि र नेरा माविका एक–एक विद्यार्थी पास भएका छन् । बाँसगढी नगरपालिकाको लालीगुराँस माविबाट पनि एक विद्यार्थी उत्तीर्ण भएका छन् । बर्दियामा ६ हजार ५९५ ले एसइई दिएकामा १ हजार ५२५ जना उत्तीर्ण भएका छन् । 

मकवानपुरमा १४ विद्यालयको नतिजा शून्य
मकवानपुरमा १४ सामुदायिक विद्यालयको नतिजा शून्य छ । बागमती गाउँपालिकाको बागमती माविबाट ६३ र बाघभैरव माविबाट १० जना परीक्षार्थी एसइईमा सहभागी भएकामा सबै अनुत्तीर्ण भए । 

बकैया गाउँपालिको प्रसिद्ध मावि र जनजागृति माविको नतिजा शून्य छ । यहाँ प्रसिद्धबाट १३ र जनजागृतिबाट २६ जनाले एसइई दिएका थिए । 

भीमफेदी गाउँपालिकाका भीमफेदी मावि र लेकाली बसीफाँटको नतिजा शून्य छ । इन्द्रसरोवर गाउँपालिकाको कालीदेवी माविको नतिजा शून्य छ । ११ जनाले एसइई दिएका थिए । मनहरी गाउँपालिकाका सीता मावि, पशुपतिनाथ मावि र महेन्द्रज्योति माविको नतिजा शून्य छ । 

कैलाश गाउँपालिकाका रत्नज्योति र कमलादेवी मावि, राक्सिराङ गाउँपालिकाको कालिका मावि र मकवानपुरगढी गाउँपालिकाको मनकामना माविको नतिजा शून्य छ । 

कास्कीमा एउटै पालिकाका तीन विद्यालयको नतिजा शून्य 
कास्कीमा एउटै पालिकाका तीन विद्यालयको नतिजा शून्य आएको छ । शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख लोकनाथ आचार्यका अनुसार रूपा गाउँपालिकास्थित पृथ्वीरूपा मावि, जटेश्वर मावि र गाउँफर्क माविको नतिजा शून्य आएको हो । पोखरा महानगरपालिका– ७ मासवारस्थित मदरल्यान्ड माविका १० र अन्य आठ विद्यालयका ११ जना गरी २१ जनाले ४ जिपिए ल्याएका छन् । 

दोलखामा दुई विद्यालय निल 
दोलखामा एसइईमा सहभागी ९७ विद्यालयमध्ये दुई विद्यालय निल छ । तामाकोसी गाउँपालिका– ५ स्थित जनजागृति मावि र कालिञ्चोक गाउँपालिका– १ को दिव्यश्वरी माविको नतिजा शून्य छ । शिक्षा विकास समन्वय इकाइ दोलखाका अनुसार जनजागृतिका १२ जना र दिव्यश्वरीका ९ जना विद्यार्थी परीक्षामा सहभागी थिए । दोलखाबाट २ हजार ६३० जना एसइई परीक्षामा सहभागी भएकोमा ९२२ जना विद्यार्थी मात्रै उत्तीर्ण भएको शिक्षा विकास तथा समन्वय इकाइ दोलखाका प्रमुख शंकरबाबु श्रेष्ठले जानकारी दिए । 

तनहुँमा १३ सामुदायिक विद्यालयको नतिजा शून्य 
तनहुँमा १३ सामुदायिक विद्यालय नील भएका छन् । सरस्वती मावि शुक्लागण्डकी, आदर्श सरस्वती मावि भानु, महेन्द्र मावि शुक्लागण्डकी, जयदुर्गा मावि रिसिङ, अमरसिंह मावि व्यास, दीपक मावि घिरिङ, महेन्द्रोदय मावि रिसिङ, शिव मावि बन्दीपुर, राष्ट्रिय मावि घिरिङ, कन्यादेवी मावि आबुखैरेनी, छिम्केश्वरी मावि आबुखैरेनी र महेन्द्रज्योति मावि घिरिङको नतिजा शून्य छ ।

एउटा खुला विद्यालयको पनि नतिजा शून्य आएको शिक्षा विकास तथा समन्वय इकाइ तनहुँका सूचना अधिकारी विश्वप्रकाश रेग्मीले जानकारी दिए । १७० विद्यालयका विद्यार्थी एसइईमा सहभागी थिए । 

यसैगरी, लमजुङको मध्यनेपाल नगरपालिकाको बालज्योति मावि वाङग्रे र क्व्होंलासोथर गाउँपालिकाको वनस्थली मावि नील छन् ।

एउटा पालिकाबाट एकजना मात्रै उत्तीर्ण, सात विद्यालय निल
दाङको राजपुर गाउँपालिकाबाट एसइई परीक्षामा एकजना मात्रै विद्यार्थी उत्तीर्ण भएका छन् । पालिकाका आठ माविका २५० विद्यार्थीले एसइई परीक्षा दिएकामा साधारण नमुना माध्यमिक विद्यालय गंगदीका गेहेन्द्र यादव मात्रै उत्तीर्ण भएका छन् । उनले ‘बी प्लस’ ग्रेड ल्याएका छन् । सोही विद्यालयबाट ८५ जनाले परीक्षा दिएका थिए ।

राजपुर गाउँपालिकाका उपाध्यक्ष धनपतिदेवी यादवका अनुसार पालिकाबाटजनज्योति मावि बेलाबाट ५६, शंकरमावि खरदरियाका ४५,माध्यमिक विद्यालय दुलैयाका नौ र बाल कल्याण मावि खंग्रानाकाबाट १० जनाले एसइई दिएका थिए । 

त्यस्तै, माध्यमिक विद्यालय सिक्टाबाट ३०,गौरीशंकर मावि भैसाहीनाकाबाट नौ, शिवशक्ति मावि भौवानाकाबाट ६ जनाले एसइई दिएका थिए । यी सबै विद्यालयबाट शून्य नतिजा आएको छ ।

ताप्लेजुङमा ६८ मध्ये २३ विद्यालयको नतिजा शून्य
ताप्लेजुङका ६८ मध्ये २३ विद्यालयको नतिजा शून्य आएको छ । फुङलिङ नगरपालिका– ११ फावाखोलास्थित सिम्बु मावि, फक्ताङलुङ गाउँपालिकाकामा रविकला मावि, आदर्श मावि, सेवालुङ मावि, सुनदेवी मावि र सेवालुङ मावि निल भएको छ । मिक्वाखोला गाउँपालिकाको पञ्चेश्वरी मावि र साँवा माविको नतिजा शून्य छ । 

यसैगरी, मेरिङदेन गाउँपालिकाबाट त्रिभुवन मावि, पान्दोलुङ मावि र सिंहकाली मावि तथा आठराई त्रिवेणी गाउँपालिकाका परमसिंह मावि, गुप्तेश्वर मावि र सरस्वती माविको नतिजा पनि शून्य छ । पाथीभरा याङवरक गाउँपालिकाका ६ वटा विद्यालयमध्ये चाक्सीबोटे माविको नतिजा शून्य छ ।

सिदिङ्वा गाउँपालिकामा नीलगिरि मावि, सरस्वती मावि र सिंहेश्वरी मावि, सिरीजंघा गाउँपालिकामा सरस्वति मावि, राष्ट्रिय मावि र दुर्गा मावि तथा मैवाखोलाको पाटीडाँडा मावि र फाकुम्बुमा रहेको महेन्द्र माविको नतिजा शून्य छ । जिल्ला शिक्षा समन्वय इकाइ ताप्लेजुङका प्रमुख योगेश्वर भट्टराईका अनुसार १ हजार ६९६ ले परीक्षा दिएकामा २३७ जना मात्र पास भएका छन् ।

कैलालीमा नमुना विद्यालयको नतिजा कमजोर
कैलालीमा नमुना विकास कार्यक्रम लागू भएका विद्यालयको नतिजा कमजोर देखिएको छ । धनगढी नमुना माविबाट परीक्षा दिएका १७५ जनामध्ये ३२, जानकी गाउँपालिकाको जनता माविबाट परीक्षामा सहभागी ८३ जनामध्ये १० र बर्दगोरिया गाउँपालिकाको वसन्तमुरारी माविबाट सहभागी २२४ जनामध्ये ३२ जना मात्र उत्तीर्ण भएका छन् ।

त्यस्तै, जोशीपुर गाउँपालिकाको रघुनाथ आदर्श नमुना माविबाट एसइई दिएका ८२ मध्ये सातजना, कर्णाली मावि टीकापुरबाट सहभागी ३०५ मध्ये ५९ जना र महुन्याल नमुना मावि भजनीबाट परीक्षा दिएका १६० मध्ये ८ जना मात्र उत्तीर्ण भएका छन् । जिल्लाका आठवटा विद्यालयमा नमुना विकास कार्यक्रम लागू भएको छ । यस वर्षको एसइईमा कैलालीबाट २९३ वटा विद्यालयका १८ हजार ६० विद्यार्थी एसइईमा सहभागी भएकोमा ३०.०५ प्रतिशत उत्तीर्ण भएको समन्वय इकाइले जनाएको छ । 

एसइई फेल भएपछि देहत्याग
एसइई परीक्षामा फेल भएपछि दोलखा र संखुवासभाका दुई विद्यार्थीले आत्महत्या गरेका छन् । दोलखाको गौरीशंकर गाउँपालिका– २ को नीलकण्ठेश्वर माविबाट एसइई परीक्षामा सहभागी १६ वर्षीया जेनिशा बुढाथोकीले आत्महत्या गरेकी छिन् । उनले बिहीबार साँझ घरको माथिल्लो तलामा झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जेनिशाले आफ्ना अभिभावकलाई सुसाइट नोटमा परीक्षा बिग्रिएकै कारण आफूले आत्महत्याको बाटो रोज्न बाध्य भएको लेखेकी छिन् । 

त्यस्तै, खाँदबारी नगरपालिका– ३ का आशिष घिमिरेले आफ्नै कोठामा पासो लगाएर देहत्याग गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए । मृतक आशिषको जिल्ला अस्पतालमा पोस्टमार्टमपछि शुक्रबार अन्त्येष्टि गरिएको छ । 

भरतपुरमा विवेक पोख्रेल, बुटवल विष्णु घिमिरे, पोखरामा रोहितराज पराजुली, दाङमा दीपक बोहरा,  बर्दियामा यज्ञप्रसाद सापकोटा, मकवानपुरमा पोष्टराज अधिकारी,  दोलखामा श्याम खतिवडा, तनहुँमा उपेन्द्र खनाल, धनगढीमा तेजराज भट्ट, संखुवासभामा नवीन गुरुङ, ताप्लेजुङमा केशवप्रसाद भट्टराई 


 
 

ad
ad
ad
ad