१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १७ सोमबार
  • Wednesday, 03 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असार १७ सोमबार ११:४९:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
सप्तरंग प्रिन्ट संस्करण

मिस्टर एन्ड मिस विश्वकर्मा इन्टरकन्टिनेन्टल २०२४ : सरोज र सन्ध्यालाई उपाधि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार १७ सोमबार ११:४९:oo

‘मिस्टर एन्ड मिस विश्वकर्मा इन्टरकन्टिनेन्टल–२०२४’को उपाधि सरोज सुनार र सन्ध्या विश्वकर्माले जितेका छन् । महिलातर्फ जेसिका घिमिरे फस्र्ट रनरअप र आकृति घतानी सेकेन्ड रनरअप बने । त्यस्तै, पुरुषतर्फ राजेन्द्र दुतराज र सिर्जन विश्वकर्मा क्रमशः फस्र्ट रनरअप र सेकेन्ड रनरअप बनेका छन् । मोडल तथा कोरियोग्राफर सञ्जय विश्वकर्माको कोरियोग्राफीमा सम्पन्न प्रतियोगिताको फिनालेमा चर्चित मोडल दिक्पाल कार्कीले होस्ट गरेका थिए । त्यस्तै, अलिसा गहतराजले पनि कोरियोग्राफीमा सघाएकी थिइन् । 

प्रतियोगितामा काठमाडौंसँगै इटहरी, धादिङ, बुटवल, पोखरा, चितवनलगायत विभिन्न जिल्लाका २५ जना प्रतियोगीले अन्तिम प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा चार प्रदेशबाट ‘मिस्टर एन्ड मिस विश्वकर्मा’का उपाधि जितेका चारजना महिला तथा पुरुषको सहभागिता थियो । 

कार्यक्रम आयोजक संस्था बिब्रोस इन्टरटेनमेन्टका अध्यक्षसमेत रहेका सञ्जय विश्वकर्माले ‘मिस्टर एन्ड मिस विश्वकर्मा इन्टरकन्टिनेन्टल’ विश्वकर्मा समुदायका युवाहरूका लागि मञ्च निर्माण गर्नुपर्छ भन्ने उद्देश्यले प्रतियोगिता आयोजना गरेको बताए । यस मञ्चले विश्वकर्मा समुदायका युवाको प्रतिभा निखार्दै उनीहरूको उज्ज्वल भविष्य निर्माणमा सहयोग पुर्‍याउने उनको भनाइ छ । फिनालेमा विजेताहरूलाई बी एन्ड सी कम्पनी दुबईले विजेतालाई सात दिनको दुबई भ्रमण गराउने घोषणा गरेको छ ।

ad
ad
ad
ad