१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १९ बुधबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असार १९ बुधबार ११:१७:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

स्वादिष्ट परिकार किम्बु र ऐँसेलुबाट

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असार १९ बुधबार ११:१७:oo

किम्बु र ऐँसेलु नेपालमा सहज रूपमा पाइने प्रमुख फल हुन् । गर्मी महिनामा यी फल प्रशस्त पाइन्छन् । विश्वमा दुई सय प्रकारका किम्बु पाइन्छन् । त्यसमध्ये कालो, रातो र सेतो किम्बुका धेरै प्रजाति हुन्छन् । सेता किम्बु दक्षिण एसियामा नै उत्पत्ति भए पनि युरोप, दक्षिण अफ्रिका र उत्तर अमेरिकामा पनि पाइन्छ । हाइब्रिड गराई निकालिएका बोटहरू पनि उर्वर हुनुले किम्बुको वनस्पतिक विभाजन थप जटिल बनाएको छ ।

काला, राता, सेता किम्बु दक्षिण युरोप, मध्य–पूर्वी क्षेत्र, उत्तर अफ्रिकामा फैलिएका पाइन्छन् । देख्दा र सुन्दा सामान्य लाग्ने भए तापनि किम्बुका कैयौँ फाइदा छन् । व्यावसायिक रूपमा किम्बुबाट कैयौँ परिकार बनाउन सकिन्छ ।

ऐँसेलु एक प्रमुख पहाडी फल हो । मौसममा यो फल जंगलैभरि देख्न सकिन्छ । यो फल रंगको आधारमा तीन थरीको हुन्छ । यो फल चैतदेखि लिएर साउनसम्म पाक्ने गर्दछ । पेय पदार्थ होस् या केक सजावटका लागि ऐँसेलुले परिकारको सौन्दर्य बढाउने मात्र होइन, स्वादिष्ट पनि बनाउँछ । 

के–के परिकार बन्छन् ? 
यी दुवै फल पाककलाका लागि महत्वपूर्ण छन् । परिकारको सौन्दर्य सजावटका लागि पनि विश्वभर चिनिएका फल हुन् । दुवै फलबाट लस्सी, सलाद, स्मुदी, केक, जाम, पिउरी, फिलिङ बनाएर पस्कन सकिन्छ । सस होस् या कोल्ड सुप बनाउन दुवै फलको प्रमुख भूमिका रहन्छ । 

ऐँसेलुको लस्सी

सामग्री : ऐँसेलु आधा कप, दही एक कप, मह दुई चम्चा, भुटेको काजु चार पिस, क्र्यास आइस वाटर एक कप

विधि : सबै सामग्री मिसाएर ग्ल्यान्डरमा पिस्ने र चिसो सर्भ गर्ने ।

किम्बु स्मुदी

सामग्री : पाकेको रातो, कालो या सेतो किम्बु आधा कप, दही एक कप, पुदिना दुई मुन्टा, सख्खर एक टुक्रा, ठूलो बदाम चार पिस,आइस वाटर–आधा कप

विधि : सबै सामग्री मिलाएर ग्ल्यान्डरमा पिस्ने र चिसो–चिसो सर्भ गर्ने ।

ऐँसेलु–किम्बु ग्रानुला मुस्ली
सामग्री : ड्राई नट्स मिक्स भएको मुस्ली  (जौको च्याँख्ला) आधा कप, ऐँसेलु र किम्बु आधा कप, सादा दही एक कप, म्यपल सिरप दुई चम्चा, केस्रा सुन्तला चार पिस

विधि : एउटा सेरामिक बावलमा मुस्ली राख्ने र फिटेर दही हाल्दिने । त्यसको माथि किम्बु, ऐँसेलु, केस्रा सुन्तला हाल्ने र टपिङमा म्यपल सिरप हालेर मर्निङ ब्रेकफास्टको रूपमा पस्कने ।

ad
ad
ad
ad